Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २७, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त : मन्त्री पाैडेल

५८१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त : मन्त्री पाैडेल

लण्डन, १० जेठ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन् ।

मन्त्री पौडेलले बुद्ध फाउन्डेसन युकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएको सहकार्यमा लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा हालै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सार्वजनिक रूपमा घोषणा गरेपछि अब गौतम बुद्धको जन्मस्थानबारे संसारभर कुनै भ्रम नभएको प्रष्ट पारे।

मन्त्री पौडेले धेरै भाषा, संस्कृति र सभ्याता भएको नेपाललाई विश्वभर चिनाउन सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले संसारको मार्गदिशा दिएको बताए।

प्रमुख अतिथिका रूपमा सहभागी पौडेलले गौतम बुद्ध दर्शन र भाषा, संस्कृति र सभ्यता बुझ्न नेपालको भ्रमण गर्न विश्वभरका राजनेताहरूलाई समेत आग्रह गरे।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरूको नागरिता, पैतिक सम्पत्तिको लगायतका विषयमा अधिकार खोज्ने बेला आएको भन्दै आआफ्नो क्षेत्रबाट लविङ गर्न आग्रह गरे। उनले  मातृभूमिको गुन तिर्न लगानी लैजान समेत अपिल गरे।

उनले गैरआवासीय नेपाली संघ नेपालको विकासमा जोडिन चाहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

कार्यक्रमलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले शान्तिका दूत भगवान् गौतम बुद्ध दर्शनले विश्वभर शान्तिको सन्देश दिएको बताए। उनले बुद्ध जन्मस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर गौतम बुद्ध नेपालमा जन्मिएको विवाद अन्त्य गराउन नेपाल सफल भएको बताए। उनले यसलाई नेपालको विजयी उत्सवको रूपमा मनाउनुपर्ने बताए।

बुद्ध फाउन्डेसन युकेको अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारु नाच, नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रको मौलिक पहिचान झल्किने सांस्कृतिक झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, व्यवसायी महन्त श्रेष्ठ, नेपालबाट आएका ‘वल्र्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलिया लगायतका मुलुकबाट राजदूत एवं कूटनीतिक प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

समारोहमा बेलायती सांसद विरेन्द्र शर्मा, लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सञ्चारकर्मी लगायत बेलायतका विभिन्न क्षेत्रका आएका नेपाली संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रम संयोजन फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी राई लारा र सुर्य गुरुङले गरेका थिए।

कार्यक्रममा गायिका शर्मिला बर्देवा र गायक दीपक थापाले आआफ्नो प्रस्तुति दिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • समाचार
    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0