Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २७, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

तरकारी : पारिको होइन, बारीको खाउ

५७५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ९, सोमबार (३ साल अघि)
तरकारी : पारिको होइन, बारीको खाउ

विराटनगर, ९ जेठ ।

निजी लगानीमा स्थापना गरिएको बञ्जरा एग्रो फार्मले हाल फार्मदेखि घरसम्म’ अभियान सञ्चालनमा ल्याएको छ । ‘पारिको हैन बारीको खाउ, ताजा लिन बञ्जार एग्रो जाउ’ नारा दिएका बञ्जरा एग्रो कृषिकर्म गर्न चाहने नयाँ कृषक एवं व्यवसायीका लागि पाठशालासमेत बनेको छ ।

सो अभियानअन्तर्गत बञ्जरा फार्मले थोक क्रेतासँगै खुद्रा क्रेताको खोजीमा लागेका छन् । आफ्नो फार्ममा भएको उत्पादनलाई उपभोक्तामाझ लैजानका लागि बञ्जराले फार्मभित्र र फार्म बाहिर दुई वटा स्टल सञ्चालनमा ल्याएको हो ।

विराटनगरको बरगाछी चोक नजिकै पश्चिमतर्फ चाँदनी चोकमा सञ्चालनमा ल्याएको स्टलमा बञ्जराकै उत्पादन लौका, काँक्रा, घिरौँला, साग, डल्लो खुर्सानी, धनियाँ, रायको साग, भिण्डी र गोलभेंडाजस्ता हरियो तरकारी बिक्री सुरु भएको छ । आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी बञ्जरा फार्मको उत्पादित तरकारी विषादीरहित अर्गानिक रहेको बताइएको छ ।

सो पसलमा बञ्जराकै उत्पादन, घीउ, दही, पनिर र दूध पनि बिक्रीका लागि राखिएको छ । विराटनगर महानगरपालिका–१२ दरैयामा रहेको सो फार्ममा अहिलेसम्म रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ । स्थानीय सञ्जय चापागाइँ र चीनमा बस्ने उहाँका मामा गजेन्द्र शर्माले सो फार्म स्थापना गरेको हो । शर्मा चीनको पाँचतारे होटलमा महाप्रबन्धकका रुपमा कार्यरत छन् । चीनमा कृषिबाट भएको आर्थिक रुपान्तरणको सिको गर्दै मामा–भाञ्जा मिलेर यो एग्रो फार्म स्थापना गरेको हो ।

रु ११ करोड मूल्यमा पाँच बिघा जग्गा खरिद स्थापना गरिएको सो फार्ममा अहिले ११२ भारतीय उन्नत जातका होल–स्टेन जर्सी गाई छन् । प्रतिवटा रु दुुई लाख ५० हजार मूल्यपर्ने एक गाईले दैनिक २० देखि ४५ लिटरसम्म दुग्ध दिन्छ । फार्ममा अझै ८८ गाई थप्ने र पछि यो जातको गाई यहीबाट उत्पादन गरी बिक्री गर्ने योजना रहेको बताइएको छ ।

दैनिक एक हजार लिटर दुग्ध बिक्री हुने सो फार्ममा दैनिक २०० लिटर दुग्धको दही र पनिर बन्ने गरेको फार्मका सञ्चालक चापागाईँले जानकारी दिए । दही प्रतिकेजी रु १५० र पनिर प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ भने दुग्ध प्रतिलिटर रु ७० मा बिक्री हुन्छ ।

मासिक रु १५ लाख आम्दानी गर्न सफल भएको सो फार्मले ३० जनालाई प्रत्यक्षरुपमा रोजगारी पनि दिएको छ । गाईको व्यवस्थित गोठ, गोबरग्यास उत्पादनका साथै साइलेज बनाएर पशु आहार संरक्षण केन्द्र पनि बनाएको छ । गाईका लागि अत्यन्त पोषक मानिने फार्ममा दुई साइलेज संरक्षण केन्द्र छन् ।

निकै व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको देखिने फार्ममा भारतका राजस्थान निवासी सुरेन्द्र शर्मा प्राविधिकका रुपमा कार्यरत छन् । अत्यन्त अनुभवी रहेको प्राविधिकको सल्लाह र सुझावबाट नै फार्मले आफ्ना रुप परिवर्तन गर्न सफल भइरहेको सञ्चालक चापागार्इँले जानकारी दिए।

फार्मको गतिविधि र लगनशीलतालाई प्रोत्साहन गर्न सङ्घीय सरकारले यस वर्ष लाइभस्टक इनोभेसन प्रोजेक्टबाट मिल्किङ पार्लरका लागि रु एक करोड अनुदान दिएको छ । सरकारले गरेको यस किसिमको सहयोगले आफ्नो व्यवसाय र पेशाप्रति अझ जिम्मेवारी बनाएको शर्माले बताए । उनले भने, “कुनै समयमा विराटनगर औद्योगिक नगरीबाट चिनिन्थ्यो अब नमूना एग्रो फार्मबाट चिनाउनेछु ।”

बञ्जरा एग्रो फार्ममा अहिले दुई बिघा १० कट्ठा जग्गामा तरकारी खेती लगाइएको छ । यहाँका युवा विदेशमा तरकारी खेतीमा काम गर्न हुने यहाँ किन नहुने भनेर मैले तरकारी खेती सुरुआत गरेको हो ।

भेन्टा, करेल, बन्दाकोवी, गोलभेंडा, काँक्रा, भिण्डी, बोरी र लौकाजस्ता तरकारी लगाइएको सो फार्ममा उत्पादन हुने तरकारी अर्गानिक रहेको छ । कुनै पनि विषादी प्रयोग नगरी आफैले तयार गरेको अर्गानिक मल र विषादी मात्र प्रयोग गर्ने गरेकाले आम उपभोक्ताका लागि बञ्जार एग्रो फार्म आकर्षण भएको छ ।

दैनिक दर्जनौँ मानिस फार्म हेर्न आउने गरेकाले निकै खुसी अनुभव भएको चापागाईं बताउछन् । उनले आगामी १५ दिनपछि हप्तामा २०० केजी तरकारी उत्पादन हुने बताए । बजारका लागि कुनै समस्या नभए पनि भारतबाट आयातित हुने विषादीयुक्त तरकारीले यहाँको उत्पादनलाई बजारमा केही समस्या आउने गरेको उनको दुःखेसो छ ।

“जुन दिन उपभोक्ता सचेत हुन्छ, त्यो दिन हाम्रो उत्पादनले बजार महत्व पाउने आशा र विश्वासमा छु”, चापागाईंले भने । उनले फार्म ब्यवस्थापनका लागि आवश्यकपर्ने संरचना निर्माण गर्न लिइएको रु नौ करोड ऋण आउँदा दिनमा फार्मबाट हुने आम्दानीले तिर्न सकिने विश्वास लिएका छन् ।

प्रदेश नं १ का कृषि तथा पशुपंक्षी विकास मन्त्रायलयका सचिव मेघनाथ तिमल्सेनाले उक्त फार्मले ‘गरे के हुँदैन’ भन्ने उदाहरण दिएको बताए । उनका अनुसार उक्त फार्मबाट अन्य नागरिकले पनि शिक्षा लिँदै स्वदेशी उत्पादन बढाउन मद्दत गर्नुपर्ने देखिन्छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • समाचार
    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0