काठमाडौं, ६ जेठ ।
काठमाडौंको बुढानिलकण्ठ र तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जना छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी तारकेश्वर नगरपालिका–५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गिता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ६० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |