Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

दुःखीका दुई साक्षत ‘भगवान’ !

५७६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (३ साल अघि)
दुःखीका दुई साक्षत ‘भगवान’ !

काठमाडौं, ५ जेठ।

गाउँलेले ‘माम काइँली’ भनेर बोलाउँछन्, फूलमाया तामाङलाई । उनी उमेरले ७० वर्ष छेउछाउ पुगिन् । संसारमा कमै मान्छेले दुःख पाएका छन् भने ती कम मान्छेमा सायद फूलमाया पनि पर्छिन् ।

उनले दुःखको दिन र रात कटाएको वर्षौं भयो । पेटभरी खाना खाएको पनि वर्षौंदेखि हो । भएको एक छोरा पनि दुई दशकदेखि बेपत्ता छन् । ‘आखे काइँला’ भनिने उनका श्रीमान् दिवंगत भएको पनि वर्षौं भयो ।

उनको घर भने पाँचथरको तुम्बेवा गाउँपालिका–१, साविक आङना–५ रातमाटेमा छ । यही ३ जेठमा भने केही चिनेका र नचिनेका मानिसहरू उनको घरमा आए । चिनेकामध्येमा थिए, अजेन्द्र वाइबा तामाङ र पपेन्द्र तामाङ । दुवै जना उनी व्यवसायी हुन् ।

रातमाटे नै घर भएका अजेन्द्रसँग जिल्ला सदरमुकाम फिदिमदेखि साथमा गएका थिए, राजेन्द्र अधिकारी । उनीहरू दुवै जना माम काइँलीले केही दिन भए पनि पेटभरी खान पाऊन् भनेर चामलको बोरा लिएर हुन् ।

घरको डिलमा ५० किलो चामलको बोरा राखिएपछि माम काइँली मुस्कुराइन् । उनी तामाङ भाषा मात्र बोल्छिन् । खस–नेपाली भाषा बोल्न जान्दिनन् । र, भनिन्, ‘तिजा चु ?’ अर्थात् के हो यो ? अजेन्द्रले भने, ‘म्ला माम । कान चाउ बिसी बासी पिन्बा ।’ (चामल हो आमै । भात खानु भनेर चामल ल्याइदिएको ।

यति भनेपछि उनी खुसी भइन् । उनको घरमा अन्न सकिन लागेको छ । खेत छैन । बारीमा फलेको मकैले उनलाई वर्षभरी खाना खान पुग्दैन ।  तर, राजेन्द्र र अजेन्द्रले चामल लगिदिएपछि उनलाई केही महिनाका लागि ढुक्क भएको छ । राजेन्द्रले उनलाई एउटा लुङ््गी पनि दिए । लुङ्गी थाप्दै फेरि मुस्कुराइन् माम काइँली ।

यसअघि पनि अधिकारीसहित फिदिमका अर्का युवा समाजसेवी कमल थपलियालगायतले पनि केही वर्ष वर्ष आर्थिकसँगै खाद्यन्न र लत्ताकपडा सहयोग गरेका थिए । त्यसबेला हाँसेकी माम काइँलीलाई राजेन्द्र, अजेन्द्रसहितले फेरि सहयोग गरेर हँसाए ।

माम काइँलीलाई मात्र होइन, उनीहरूले सोही गाउँका सञ्चित तामाङ र मिठुमाया तामाङलाई पनि चामल दिए ।  उनीहरूलाई पनि आफ्नो बारीमा फल्ने अन्नले वर्षभरी खान पुग्दैन । गाउँमा काम गर्न सक्ने अवस्थामा पनि उनीहरू छैनन् ।

दुवैमा शारिरीक र मानसिक अपाङ्गता पनि छ । आमा पनि कमाएर ल्याउन सक्ने स्थितिमा छैनन् । बुबा दिवंगत भएको एक दशक जति भइसक्यो ।  बेसहारा जस्तै बनेका उनीहरूलाई चामल सहयोग गरेपछि राजेन्द्र, अजेन्द्र र पपेन्द्रले फोटो खिचाए ।

यससँगै उनीहरूले गाउँकै परतेलडाँडाकी सानुमाया तामाङ र सिरानघरकी नरमायाँ तामाङलाई पनि ५० किलोका एक/एक बोरा चामल सहयोग गरे । दिन दुःखीहरूलाई सहयोग गरेपछि राजेन्द्रले भनेका छन्, ‘उहाँहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी छु ।’

राजेन्द्र चर्चित समाजसेवी हुन् । समाजसेवामा समर्पित उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भइसकेका छन् । अजेन्द्र पनि पछिल्ला समय समाजसेवामा जोडिँदै आएका छन् ।

Avatar

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

  • आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • समाचार
    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    डिभिजन वन कार्यालय धादिङद्धारा देववृक्ष उद्धार तथा पुनःस्थापना अभियान सुरु

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    आप्रवासी स्रोत केन्द्र सन्चालन सम्बन्धी समन्वय बैठक धादिङबेसीमा सम्पन्न

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0