संयुक्त राष्ट्रसंघ, वैशाख ३१ गते ।
अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार सङ्कलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो ।
उनका अर्का एकजना साथी सो गोली प्रहारबाट गम्भीर रुपमा घाइते भएका छन् । जेलिनमा इजरायली सैनिकले गरेको अपरेसनको समाचार सङ्कलन गरिरहेका बेला जेलिनमा उनको हत्या भएको थियो । त्यस हत्याको कडा शब्दमा निन्दा गर्दै यस हत्यामा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको छ । समाचार सङकलनका लागि खट्ने पत्रकारको सुरक्षा हुनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।रासस
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |