काठमाडाैं, ३१ वैशाख
आज शनिबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएकाे छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ ।
आइतबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |