काठमाडौं, २९ वैशाख ।
नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गतको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका छन् ।
नेपाली सेनाका सह सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आज विहान ७ः५२ मिनेट जाँदा सफल आरोहण गरेका हुन् ।
सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आज विहान ६ः०४ बजे ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको टोली सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई अभियानमा अहिले जुटेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |