काठमाडौं, २९ वैशाख ।
कास्की, नवरलपरासी (पश्चिम), काठमाडौं, मकवानपुर र गोर्खामा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–१६ अर्मलास्थित सडक छेउमा सोही ठाउँ बस्ने धादिङ गंगा जमुना गाउँपालिका–२ घर भएका ४५ वर्षीय पुरी लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका–१३ बडेरास्थित शिव मन्दिर नजिक बाटोको छेउमा सोही ठाउँस्थित घिउडल्ला बस्ने २२ वर्षीय श्याम प्रसाद न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिब चोकस्थित सटरमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको बकैया–२ कैलेनी भिर नजिक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |