Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

नीलकण्ठ एफ.एम १०८० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

काठमाडौं, २५ वैशाख ।

पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा भएको गठबन्धन छ ।

यही पाँच दलीय गठबन्धनका र्शीष नेताहरूले एमालेलाई ‘साइज’मा ल्याउन भन्दै निर्वाचनमा तालमेल गरिएको बताउँदै मतदातासँग मत मागिरहेका छन् । तर, तिनै शीर्ष नेताहरूलाई भने आफ्नै जिल्लामा निर्वाचन जिताउन ठूलो खड्गो छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन दुई कारणले असहज छ । पहिलो, गठबन्धन दलहरूबीच तालमेल छैन । एक्लाएक्लै निर्वाचनमा होमिएका छन् ।

नेपाली कांग्रेस (विपी) ब्युँताएर निर्वाचन अभियानमा छन् । उनले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेका छन् ।  यी दुई कारणले देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन सहज छैन ।

यसकाे पुष्टि हुनेगरी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले शुक्रबार डडेल्धुरा पुगेर करुवा चिह्‍न लिएर निर्वाचन अभियानमा रहेका उम्मेदवारहरुलाई मतदान नगरन आग्रह नै गरेकी थिइन् । पार्टीका मेयर नभए बजेट नपठाउने भन्‍न पनि भ्याइन् ।

गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि गृहजिल्ला चितवनमा निर्वाचन जिताउन मुस्किल परेको छ । कारण, कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिनु । हुन त उनी कांग्रेसको कारबाहीपछि पार्टीबाट अलग छन् ।

तर, गठबन्धनको साझा उम्मेदवार रेणु दाहाललाई जाने मत काटिन सक्ने आँकलन छ । उनै पौडेलका कारण माओवादीले तालमेलको क्रममा पाएको एक मात्र महानगरपालिका भरतपुरमा पनि निर्वाचन जिताउन प्रचण्डलाई सहज छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा र एकीकृत समाजवादी गठबन्धनमा त छ । तर, माओवादी केन्द्रकी नमिता न्यौपाने र जसपाकै उमेश यादव बागी उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यादव प्रमुख र न्यौपाने उपप्रमुख पदकी उम्मेदवार थिए । यस पटक पनि सोही पदमा दुवै जना बागी भएर उम्मेदवार बनेका हुन्।

बागीकै कारण यादवलाई गृह जिल्लामा गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती थपिएको छ । सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा पनि गठबन्धन दलहरूबीच नै तालमेलमा समस्या भएपछि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन भनेर भट्टराई मत मागिरहेका छन् ।

उनले त गठबन्धन दलहरूबीच भएको तालमेलप्रति नै असन्तुष्टि पनि जनाउँदै आएका छन् ।  गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन सकेन ।

चन्द्रपुर नगरपालिकामा कांग्रेसबाट सरोज काफ्ले, एकीकृत समाजवादीबाट बाबुराम दाहाल, माओवादी केन्द्रबाट हरि पौडेल र एमालेबाट शिव आचार्य प्रमुख पदका उम्मेदवार छन् । अन्य स्थानीय तहमा पनि त्यस्तै छ । जसले गर्दा नेपाललाई गृहजिल्लामा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन सहज देखिएको छैन ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्लामा जनमोर्चा सांगठनिक रूपमा बलियो नै छ । तर, त्यहाँ पनि गठबन्धन दलहरूबीच तालमेल भएन । जसका कारण गठबन्धन दलहरू नै एक अर्काबीच ‘मित्रवत् प्रतिस्पर्धा’ भन्दै चुनावी मैदानमा छन् ।

यस्तो समस्या गठबन्धन दलहरूमा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि गृहजिल्ला झापामा छ । उनकै गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन छ । गठबन्धनका कारण ओलीलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन मुस्किल छ ।

झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृहजिल्ला हो । पहिले जितेको कचनकबल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस–एमालेबीच तालमेल छ । यसले गर्दा लिङ्देनलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0