धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौं, १९ वैशाख
दुई सुरक्षा निकायका प्रमुखहरूलाई दज्र्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका हुन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त प्रहरी महानिरीक्षकहरूलाई फुली लगाइदिएका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजी सिंह र सशस्त्र प्रहरीका एआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सिंहको नियुक्तिमा प्रहरीका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा असन्तुष्ट देखिएका छन् । सशस्त्र प्रहरीबाट भने अर्याल एक्ला दाबेदार थिए । दुईजना अदालत जाने तयारीमा छन् । उनीहरू अदालत जाने सक्ने सम्भावनालाई मध्यनजर गर्दै दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम बिहानै राखिएको हो ।
२०७७ मंसिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका थिए । उनीपछि गत वर्षको असारमा सहकुल थापा एआईजीमा बढुवा भएका थिए । सिंह भने गत चैतमा मात्रै एआईजीमा बढुवा भएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |