धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौं,१९ बैशाख ।
स्थानीय तहको निर्वाचन आउन अब ११ दिन बाँकी रहेको छ । यही वैशाख ३० गते देशभर ७५३ वटै पालिकामा एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदै छ । मतदान गर्दा विभिन्न कुरामा ध्यान पु¥याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ ।
मत बदर हुने अवस्था
१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको,
३. मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
४. उमेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,
५. उमेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको
६. कुनै पनि उमेदवारको निवाचन चिह्नमा मत संकेत नगरिएको,
७. निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उमेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको,
८. मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
१०. मतपेटिकाभन्दा बाहिर राखिएको,
११. जाली मतपत्र ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |