काठमाडौं, १९ वैशाख
निर्वाचन आयोगले आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्दैछ । जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको थियो भने आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र आज आयोगले ढुवानी गर्न लागेको हो ।
आयोगका अनुसार १७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामध्ये लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाई सकेको छ ।
मधेस प्रदेशका ८ जिल्लासहित बाग्मती प्रदेशका रसुवा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ भने कर्णाली र सुदुरपश्चिमका सबै जिल्ला तथा प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाईसकिएको आयोगले जानकारी दिएको छ ।
स्थानीय तहको निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभावाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |