काठमाडौं, १८ वैशाख ।
सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख नियुक्त गर्दै छ । त्यसका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक अहिलेसम्म बस्न सकेको छैन । नेपाल प्रहरीमा कसलाई महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच विभेद छ ।
गृह मन्त्रालयले नेपाल प्रहरीका नयाँ आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले पोखरेललाई आईजीपमा बढुवा गर्न सिफारिस गरेको हो । तर, प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका छन् ।
जसले गर्दा गृह मन्त्रालयको सिफारिस फेल हुने देखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् । जसले गर्दा आइतबारको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको चेनअफ कमाण्डलाई नभत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग थियो ।
देउवाले आफ्नो मान्छे भन्दै डीआईजीको सातौं नम्बर बरियतामा रहेका सिंहलाई पहिलो नम्बरमा राखेर एआईजीमा बढुवा गराएका थिए ।
डीआईजीबाट एआईजीमा बढुवा गर्दा सिफारिस समितिमा देउवा नै हावी भएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |