वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, ११ वैशाख।
पूर्वराष्ट्रिय टेबलटेनिस खेलाडी मिलन श्रेष्ठको सम्झनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ ।
आइतबार आयोजक स्पिन इभेन्ट्स प्रालिले पत्रकार सम्मेलन गर्दै ७ देखि ९ जेठसम्म प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता रहनेछ ।
प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
जुनियर ब्वाइज र गर्ल्स तथा क्याडेट ब्वाइज र गर्ल्सको विजेताले क्रमशः २० हजार, दोस्रोले १० हजार र सेमिफाइनल पुग्नेले पाँच हजार रुपैयाँ पाउनेछन् । यस्तै, १२ वर्षमुनि ब्वाइज सिंगल्स र गर्ल्स सिंगल्स तथा भेट्रानतर्फको विजेताले १० हजार दोस्रोले पाँच हजार र सेमिफाइनल पुग्नेले २५ सय पाउने छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |