Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

थाहा पाउनुहोस,तपाईको आजाको राशिफल

४३४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (३ साल अघि)
थाहा पाउनुहोस,तपाईको आजाको राशिफल

काठमाडाैं, ६ वैशाख

६ वैशाख २०७९ मंगलबार । तद्नुसार अप्रिल महिनाको १९ तारिक २०२२ । वैशाखकृष्णपक्ष तृतीया, वणिज करण, अनुराधा नक्षत्र, व्यतिपात योग, चन्द्रमा वृश्चिक राशिमा छ ।

आज बिहान सूर्योदय ५ः३८ मिनेटमा भएकाे छ भने सूर्यास्त १८ः३० मा हुनेछ । आज बिहान ११ः३८ देखि १२ः२९ सम्म अभिजित मुहूर्त रहेको छ । दिउसो ३ः१७ देखि ४ः५४ सम्मको समय राहुकाल रहेको छ ।

राहुकाल भएको समयमा कुनै पनि शुभकार्यका लागि बर्जित छ । आजको देवता रुद्र र ग्रहदेव राहु हुन् ।

मंगलबार गणेश र हुनमानको साधना गर्ने दिन हो । सनातनधर्ममा मंगलबारका गरेका काम सफल हुने भन्ने विश्वास रहेको छ । आजको दिन कुनै गणेशमन्दिरमा पुगेर दर्शन गर्नाले मनका चाहना पूरा हुँदै जाने सनातनीय विश्वास छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ ।

धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । आजको दिन तपाईले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । कसैमाथि नकारात्मक सोच नराख्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ ।  यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रहरु समेत तपाईंलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईले घरपरिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन समय त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट लाभ हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा परिवारका सदस्यलाई जानकारी दिएर मात्र हिँडनु होला । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुभयो भने मनोकामना पुरा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । मंगलवारको दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको  फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । आज तपाईलाई सफलता मिल्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

  • समाचार
    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0