नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,०४ बैशाख।
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकाको सेर्तुङमा रहेको ग्रामिण अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा आएको छ ।
यातायातको पहुँच पुग्न नसकेको सेर्तुङमा अहिले सडक सञ्जाल पुगेपछि पहिलो पटक एम्बुलेन्स सेवा संचालनमा आएको हो । स्थानिय सरकार आएपछि निरन्तर सडक विस्तारको प्रयास गर्दा अन्तिम बर्षसम्म आईपुग्दा सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताउनुभयो ।
पहिले केही दुर्घटना वा विपद्मा परेका ब्यक्तिलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने तथा अप्ठ्यारो परिस्थिती झेल्नुपर्ने बाध्यता अब हटेको उपाध्यक्ष बिना लामाले बताउनुभयो ।
सडक नपुग्दा स्थानियबासीलाई खाद्यान्नलगायत आधारभूत सामानहरु घरसम्म लैजान खच्चर तथा लामो बाटो मान्छेले नै बोकेर लानुपर्ने समस्या थियो ।
तर अब यातायातको पहुँच पुगेसँगै धेरै सहज भएको स्थानियले बताएका छन्। धेरै समय यातायातको पहुँचबाहिर रहेका सेर्तुङबासी अहिले गाउँमै सडक पुगेपछी खुशी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |