नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,०२ बैशाख ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३ सेमजोङमा सम्पन्न वाका कप पुरुष फुटबल प्रतियोगिताको उपाधी डुप्चे युवा क्लव केवराले जितको छ ।
प्रतियोगिता अन्तरगत बिहिबार भएको फाईनल खेलमा नुवाकोटको सानो किम्ताङ युवा क्लव किम्ताङलाई १–० गोल अन्तरले पराजित गर्दै धादिङको नेत्रावती डवजोङ गाउँपालिका २ को डुप्चे युवा क्लव केवराले उपाधी जितको हो ।
केवराको जितका लागि विपिन कडेलले गोल गरेका थिए । च्यम्पियन बनेको केवराले नगद १ लाख २५ हजार जितेको छ । उपविजेतमा रोकिएको सानो किम्ताङले ६० हजारमा चित्तबुझाएको छ भने सान्तोना हुने टिमद्वय टिम द राईजिङ मंगोलियन युवा क्लव र फलाटे युवा क्लव फलाटेले १५–१५ हजार हात पारेका छन् ।
बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री दिलमान पाख्रिनले पुरस्कृत खेलाडीहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै पाख्रिनले छार वाका राहा युवा क्लवले १२ औं श्रृखला सम्म आईपुगेकोमा धन्यावाद दिँदै यो श्रृखला जारि राख्न र त्यसका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।यस ठाउँको प्रचार–प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष वाका कप फुटबलको आयोजना गर्दै आएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |