ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,०२ बैशाख ।
सिद्धलेकले गाउँपालिका अध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट सुमन खनाललाई सिफारिस गरेको छ ।
माओवादी केन्द्र सिद्धलेक गाउँ कमिटीको आईतबार बसेको बैठकले खनाललाई पालिका अध्यक्ष उम्मेदवारको लागि सर्वसम्मत प्रदेश कमिटीमा सिफारिस गरेको हो।
एमालेले जितेको सिद्धलेक गाउँपालिकामा सत्ता गठबन्धनको भागबण्डामा पर्छ । कांग्रेसले दावी गरेको पालिका मध्य सिद्धलेक पनि एक हो । उपाध्यक्षमा जाँदा पुष्प थपलिया जानुपर्ने भएकोले अध्यक्षमा सुमन खनाललाई सर्वसम्मत पठाईएको माओवादी केन्द्र सिद्धलेकले जनाएको छ।
पालिका अध्यक्षका लागि कांग्रेसबाट १० जनाको नाम सिफारिस हुँदै गर्दा माओवादी केन्द्रबाट खनाल सर्वसम्म्त सिफारिस भएका हुन् । नेकपा एमालेले पालिका अध्यक्ष र उपाध्यक्षमा पून प्रेमनाथ सिलवाल र कमला शर्मालाई नै उठाउने निर्णय गरिसकेको छ भने नेकपा एककीकृत समाजवादी भने गठबन्धन बैठक कुरि रहेको छ ।
सिद्धलेक गाउँपालिका एकीकृत समाजवादीको भागमा सिद्धलेक पर्यो भने कृष्ण अर्याल र सविता अर्याल मध्ये एक जना पालिका अध्यक्ष उठाउने तयारीमा रहेको सिद्धलेक समाजवादीले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |