निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाडौं, ३० चैत
घरेलु मैदानमा भएको त्रिदेशीय ट्वान्टी २० श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही नगद दुई लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले श्रृंखला विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
मन्त्रीपरिषद्को निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले जनही दुई/दुई लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
मलेसिया र पपुवा न्यु गिनी (पिएनजी) सम्मिलित त्रिदेशीय शृंखलाको उपाधि नेपालले शतप्रतिशत नतिजासहित जितेको थियो ।
नेपालले फाइनलमा पिएनजीलाई ५० रनले पराजित गर्दै उपाधि चुमेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |