वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२२ चैत।
धादिङको वेनिघाट रोराङ गाउँपालिकाका पित्त बहादुर डल्लाकोटी (हरि) पुनः माओवादीमै फर्किएका छन् ।
सोमबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर एमालेमा प्रवेश गरेका डल्लाकोटी समकक्षी नेता कार्यकर्ताको दवाबपछि प्रवेश गरेको चौविस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् । डल्लाकोटीलाई सोमबार केपी ओलीले माला र खादा पहिरिएर प्रवेश गराउनुभएको थियो।
डल्लाकोटीले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्,“आफू क्षणिक आक्रोस र आवेगमा आइ राजनैतिक रुपमा गम्भीर गल्ती गर्न पुगेको कारण समग्र पार्टी पङ्तिमा पर्न गएको क्षतिप्रति आत्मआलोचित हुँदै आगामी दिनमा नेकपा(माओवादी केन्द्र) मा रही पार्टीको निर्णय अनुसार क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”
नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष डल्लाकोटी माओवादी केन्द्र बागमती प्रदेश कमिटिको सदस्य समेत हुन्।
यस्तो छ,बिज्ञप्ती

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |