काठमाडौं, २१ चैत
नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसिया सम्मिलित शृंखलामा उत्कृष्ट ब्याटिङ गरेको दीपेन्द्रले कुल दुई सय ५५ रन बनाए । यसक्रममा उनले दुई अर्धशतक र एक शतक बनाएका थिए ।
बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए ।
शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।
सोमबार सम्पन्न फाइनल खेलमा पीएनजीलाई ५० रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित शृंखलाको उपाधि जितेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |