Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

कांग्रेसमा देउवा दबदबा

नीलकण्ठ एफ.एम १६३६ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १६, बुधबार (४ साल अघि)
कांग्रेसमा देउवा दबदबा

काठमाडौं, १६ चैत

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ । चार दिन बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो ।

बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बहुसंख्याक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई व्यापक बनाउन गठबन्धन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’

तर उसले हाल कायम रहेको सत्ता गठबन्धनसँग मात्रै तालमेल गर्नेबारे भने मूर्तरुपमा केही निर्णय गरेको छैन । तर सत्ता गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरेर अघि बढ्ने स्पष्ट सन्देश कांग्रेसले दिएको छ । वामपन्थी पार्टीमा आएको विभाजनका कारण कांग्रेस बलियो अवस्थामा रहेको आकलनकाबीच उसले तालमेलको नीति लिएको हो ।

कांग्रेस बैठक सुरु भएदेखि नै गठबन्धनको बारेमा सर्वाधिक चासो रहेको थियो । नेता शेखर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जानु पर्ने बताउँदै आएका थिए  भने देउवा पक्षकै कतिपय नेताहरुले गठबन्धनको बिरोध गरिरहेका थिए । सात मध्ये कांग्रेसका पाँच प्रदेश प्रमुखले समेत गठबन्धनको विपक्षमा भनाइ रहेका थिए । त्यसका बाबजुद पनि मंगलबार बिहानदेखिको छलफलपछि कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको हो ।

उसो त वर्तमान सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीले चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

देउवा दबदबा

कांग्रेसको महाधिवेशनबाट दोस्रोपटक सभापतिमा विजयी भएका देउवा प्रतिनिधि सभामा पार्टीको कमजोर उपस्थितिका बाबजुद पनि प्रधानमन्त्री बनेका थिए । तत्कालीन नेकपामा आएको फुट र केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनपछि विकास भएको राजनीतिक घटनाक्रमले गर्दा उनी प्रधानमन्त्री बन्न सफल भएका थिए । प्रधानमन्त्री भएसँगै पार्टीमा देउवा थप शक्तिशाली देखिएका हुन् ।

महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहँदा आफू पराजित भए कांग्रेसबाट प्रधानमन्त्री हट्ने भन्दै कार्यकर्तालाई कन्भिन्स गराएका देउवाले मंगलबार सकिएको केन्द्रीय समिति बैठकमा पनि नेताहरुलाई कन्भिन्स गराउन सफल भए । उनी पक्षीय नेताहरुले गठबन्धनको वकालत गरिरहँदा देउवाले गठबन्धनको विपक्षमा बोल्नेहरुलाई ‘हप्काउन’ समेत पछि परेनन् । उनले गठबन्धन नगरी चुनाव जितेर देखाउन चुनौती नै दिए । उनले अहिले गठबन्धन गर्ने निर्णय नगर्ने हो भने वामपन्थी पार्टीहरु मिल्ने खतरालाई जोड दिए ।

कांग्रेसका केन्द्रीय नेताहरुलाई यदी त्यस्तो भयो भने फेरि पाँच वर्ष स्थानीय सत्ता आफ्नो हातबाट गुम्ने भयमा पार्न देउवा सफल भए । आफू अनुकुलको निर्णय गराउनका लागि देउवाले कोइराला पक्षमा रहेका महामन्त्री गगन थापालाई घोषणापत्र लेख्न जिम्मेवारी दिए र गठबन्धनको पक्षमा माहोल बनाउन दबाब दिएका थिए ।

शक्तिकेन्द्रको त्रास

देउवाले आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न खोजेको कतिपय कांग्रेस नेताहरुको भनाइलाई सही मान्ने हो भने देउवा जसरी पनि गठबन्धन गरेर अघि बढ्ने पक्षमा थिए । त्यसका लागि उनले सबैखालका अस्त्रहरुको प्रयोग गरे ।

गठबन्धनबाट प्रधानमन्त्री हुने बेलैमा चुनावी तालमेलबारे निर्णय भइसकेकोले अहिले बिवाद गर्नुको अर्थ नरहेको देउवाले स्पष्ट पार्न लगाए । साथै अन्तर्राष्ट्रिय शक्ति केन्द्रले वामपन्थी दललाई मिलाउन खोजिरहेको सूचना पाएको भन्दै देशका गृहमन्त्रीबाट धारणा सार्वजनिक भएसँगै कांग्रेस नेताहरुलाई तालमेलको पक्षमा लाग्न बल मिल्यो ।

जतिसुकै बिरोध भएपनि देउवाले आफू अनुकुलको निर्णय लागू गर्न सक्छन् भन्ने देउवाको पछिल्लो कदले देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • समाचार
    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0