वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, १५ चैत
विवेकशील साझा पार्टीको कार्यालयमा तनाव उत्पन्न भएको छ । पार्टीभित्रकै संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद उत्पन्न भएपछि मंगलबार केहीबेर तनावग्रस्त बनेको थियो ।
पार्टी कार्यालयमा रहेको हलमा कार्यक्रम गर्ने विषयलाई लिएर दुवै पक्ष वादविवादमा उत्रिएका हुन् । एउटै समयमा संस्थापन पक्ष र असन्तुष्ट पक्षले पार्टीको हलमा कार्यक्रम गर्न खोजेपछि विवाद उत्पन्न भएको साझा विवेकशील पार्टीका नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
‘पार्टीको कार्यक्रम थियो । त्यही हलमा असन्तुष्ट पक्षले पनि कार्यक्रम गर्न खोजेपछि विवाद भएको हो । अहिले दुवै पक्षको कार्यक्रम नभएपछि विवाद सकियो,’ परियारले भने ।
असन्तुष्ट पक्षले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेको थियो । तर, अर्को पक्षले पत्रकार सम्मेलन गर्न नदिएपछि केहीबेर विवाद उत्पन्न भएको हो । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले दुवै पक्षलाई मिलाएको थियो ।
असन्तुष्ट पक्षले सोमबार रवीन्द्र मिश्रसहितका नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । त्यसको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । तर, मिश्र पक्षले पत्रकार सम्मेलन नै गर्न नदिएपछि अनसन्तुष्ट पक्षले पार्टी कार्यालयमै नाराबाजी गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |