Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ६, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ–७, ८ र ९ मा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवादनीलकण्ठ–७, ८ र ९ मा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

चुनाव लक्षित नेताहरूको दौडधूप तीव्र, दुई सातायता काे कहाँ पुगे ?

७१५ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १०, बिहिबार (३ साल अघि)
चुनाव लक्षित नेताहरूको दौडधूप तीव्र, दुई सातायता काे कहाँ पुगे ?

काठमाडौं, १० चैत 

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरूको व्यस्तता बढेको छ । सबै दलका नेताहरू यतिबेला चुनावी दौडाहमा छन् । कार्यक्रममा गएर भाषण गर्न भ्याइनभ्याई छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू देशदौडाह तीव्रताका साथ चलिरहेको छ ।

हरेक पार्टीका दोस्रो तहका तथा अन्य नेताहरूको पनि व्यस्तता उस्तै छ । कोही त पाँच वर्षपछि पनि आफ्नो गाउँमा गएर भाषण गर्न भ्याइरहेका छन् । चुनाव नजिकिँदै गर्दा नेताहरू एकै दिन पाँचवटासम्म पनि कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री देउवाले गत २८ फागुनमा वीरगञ्ज पुगे । जहाँ दुईवटा कार्यक्रममा सहभागी भए । जहाँ उनले कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गरे । त्यसपछि उनले नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं महाधिवेशनलाई सम्बोधन गरे ।

त्यसपछि उनी ३० फागुनमा नुवाकोट पुगे । उहाँ उनले तादी गाउँपालिका र किस्पाङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरे । उनीसँगै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई साथमा लिएर गएका थिए । नुवाकोट जानु गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नु मात्र नभएर पार्टी प्रवक्ता डा. महतको चुनाव प्रचार प्रसार गर्नु पनि थियो । जसले गर्दा उनी नुवाकोट पुगेका हुन् ।

त्यस्तै ५ चैतमा उनी विभिन्न तीन जिल्ला पुगे । रामेछाप पुगेर खिम्ती सबस्टेसनको उद्घाटन गरे, दोलखामा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनको अवलोकन गरे भने काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न पुगे ।

चैत ७ गते मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा सहभागी भए । प्रधानमन्त्री देउवा बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरेर तनहुँ पुगेका छन् ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री देउवा विभिन्न जिल्ला पुगेर स्थानीय पालिकाको भवन उद्घाटनमा व्यस्त देखिएका छन् । त्यसरी भवन उद्घाटन गर्नुको पछाडि स्थानीय तह निर्वाचनका लागि कांग्रेसको प्रचार प्रसार गर्नु हो ।

एमाले अध्यक्ष केपी ओलीको पनि व्यस्तता बढेको छ । निर्वाचनकाे मिति ताेकिएपछि ७ फागुनमा पहिलो पटक उनी उपत्यका बाहिर निस्किए । नवलपरासी पूर्वको मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी हुन पुगे । साथै उनले नवनिर्मित भवनको उद्घाटनसमेत गरेका थिए ।

सोही दिन पोखरा पुगेर पार्टीको जनसंगठन राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्ज नेपाल (मानवाधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशनमा सहभागी भए । उनले सोही दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्टको समेत उद्घाटन गरे ।

२४ फागुनमा उनी अर्को कार्यक्रममा सहभागी भए । पोखरामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराए ।

२५ फागुनमा मोरङ पुगे । जहाँ उनले रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया, उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्षसहितका नेता-कार्यकर्तालाई स्वागत गरे ।

त्यसैगरी २७ फागुनमा पोखरामा प्रेस चौतारीको नवौं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए । १ चैतमा काठमाडौंमै आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गरे ।

६ चैतमा इलाम पुगे । इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टी प्रवेश गर्नेलाई स्वागत गरे । ८ चैतमा काठमाडौंमै आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह तथा अभिनेत्री करिश्मा मानन्धरलाई स्वागत गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि व्यस्तता उस्तै छ । २५ फागुनमा उनी नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा सहभागी भए । काठमाडौंमै आयोजित कार्यक्रममा उनी प्रमुख अथिति बनेर गएका थिए ।

२७ फागुनमा सुर्खेत पुगे । जहाँ जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्मासहितका थुप्रै नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए । कर्णाली प्रदेशको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

‘माओवादी केन्द्रले समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार, घरघर जाऔं, माओवादी केन्द्रलाई विजयी गराऔं’ नारा अघि सारेको छ । सोही आधारमा पार्टीले चुनावी गतिविधि गर्दै आएको छ ।

२८ फागुनमा पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्न नुवाकोट पुगे । शालिकको अनावरण गर्दै उनले बोगटीले पार्टीमा पुर्‍याएको योगदानको प्रशंसा गरे । २९ गते माओवादी केन्द्र प्रदेश नम्बर १ को राजनीतिक वैचारिक प्रशिक्षणका लागि विराटनगर पुगे । जहाँ नेता तथा कार्यकर्तालाई चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउने लक्ष्यसहित अगाडि बढ्न निर्देशन दिए ।

त्यसपछि उनी ३० फागुनमा धनगढी पुगे । जहाँ सुदूरपश्चिम प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिए । १ चैतमा पार्टी कार्यालयमै आयोजित कार्यक्रममा नेकपा मसाल निकट प्रगतिशील पत्रकार संघका केन्द्रीय समितिका पूर्वअध्यक्ष उदय जीएमलाई स्वागत गरे । त्यस्तै २ गते सुनुवार सेवा समाजथका अध्यक्ष रणवीर सुनुवारसहितका थुप्रै नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

सोही दिन माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति-सम्पर्क समन्वय विशेष प्रदेश समिति तथा प्रवास समन्वय समितिको वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गरे । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचन लक्षित प्रशिक्षण दिए ।

५ चैतमा नेपाल राष्ट्रिय कर्मचारी संगठन सिन्धुलीको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगे । जहाँ उनीसँगै सभामुख अग्नि सापकोटामा पनि थिए । सोही दिन जिल्ला पार्टी कार्यालय सिन्धुलीको नवनिर्मित भवनको समेत उद्घाटन गरे ।

६ गते उनी गण्डकी प्रदेशको कार्यक्रममा सहभागी हुन पोखरा पुगे । पोखरा पुगेर उनले चुनावी तालमेलका लागि माओवादी केन्द्र नभई अरू पार्टीहरू आफूकहाँ आउनुपर्ने बताए ।

८ चैतमा प्रचण्डले घाइते पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानाको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगे । भेटको क्रममा उनले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुने नदिने, सात वर्षको बच्चाको पढाइ र श्रीमतीको रोजगारीका लागि पहल गर्ने बताए । साथै उनले घाइते तथा अपांगता भएका व्यक्तिको उपचार तथा जीविकोपार्जनमा विशेष ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रचण्ड बिहीबार चितवन पुगेका छन् । चितवनको आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । त्यहाँ पुगेर माडीका जनतासँग भेटघाट गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि दौडधूप तीव्र नै छ । ४ चैतमा उनी गोरखा पुगे । उत्तरी गोरखाको लाप्राक पुगेका अध्यक्ष नेपालले वृद्धभत्ता आफूले सुरु गरेको बताए । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला आफूले वृद्धभत्ताको सुरुवात गरेको भन्दै जनताले त्यो बिर्सिएको बताए ।

५ चैतमा एकीकृत समाजवादी धुनीवेशीको नगर कमिटीको कार्यक्रममा सहभागी भए । ६ चैतमा काठमाडौंमै पार्टी प्रवेश कार्यक्रम राखियो । जहाँ उनले थुप्रै नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी दौडाहमा छन् । उनीहरू एकै दिन दुईदेखि पाँचवटा कार्यक्रममा उपस्थित हुने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङको खनियाबासमा जन्मिएको केही बेरमै शिशुको हेलिबाट उद्धार

    धादिङको खनियाबासमा जन्मिएको केही बेरमै शिशुको हेलिबाट उद्धार

  • धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे : विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणको योजना

    धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे : विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणको योजना

  • नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

    नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

  • अण्डाको मूल्य बढ्यो

    अण्डाको मूल्य बढ्यो

  • समाचार
    धादिङको खनियाबासमा जन्मिएको केही बेरमै शिशुको हेलिबाट उद्धार

    धादिङको खनियाबासमा जन्मिएको केही बेरमै शिशुको हेलिबाट उद्धार

    धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे : विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणको योजना

    धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे : विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणको योजना

    नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

    नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

    अण्डाको मूल्य बढ्यो

    अण्डाको मूल्य बढ्यो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0