विश्वभर त्रास फैलाएको कोरोना भाईसरका कारण धादिङको ढोला मण्डली माई मन्दिरमा दर्शनार्थीलाई पूजा गर्न रोक लगाइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सतर्कता अपनाउदै ढोला मण्डली माई मन्दिरमा दर्शनार्थीलाई पूजा गर्न रोक लगाइएको हो । आईतबार बसेको ढोला बसाहा मण्डली संरक्षण समाजको बैठकले विभिन्न बुदाहरुमा निर्णय गर्दै अर्को निर्णय नहुँदा सम्म ढोला मण्डली माई मन्दिरमा सर्व साधारणको लागि पुजा गर्न रोक लगाइएको ढोला बसाहा मण्डली संरक्षण समाजका गकुल दर्लामीले बताउनुभयो । समितिको यो निर्णय संगै चैत ११ गते मंगलबार(भोली) देखी धादिङकोे धार्मिक तथा ऐतिहासिक ढोला मण्डली माई मन्दिरमा सर्व साधारणहरुले पुजा गर्न पाउने छैनन । ढोला बसाहा मण्डली संरक्षण समाजले कुनै पनि स्थानमा २५ जना भन्दा बढी मानिस भेला नहुन र अत्यावश्यक काम बाहेक कुनै पनि ठाउँमा आवत जावत नगर्न निर्देशनात्मक आदेश सहितको निर्णय गरेको दर्लामीले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |