Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

नीलकण्ठ नगरपालिकामा ‘विद्यार्थीसँग मेयर’ सञ्चालन हुने

१३२२ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

नीलकण्ठ नगरपालिका भित्रका विद्यालयमा अब नगर प्रमुख र विद्यार्थीबिच अन्तरक्रियात्मक कार्यक्रम ‘विद्यार्थीसँग मेयर’ सञ्चालन हुने भएको छ । मंगलबार धादिङबेसीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले नगरभित्रका सबै विद्यालयका विद्यार्थीहरुका अवस्था बुझ्नका लागि यस्तो कार्यक्रम गर्न लागेको बताउनु भयो ।

मंगलबार धादिङबेसीमा आयोजित नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा सम्बोधन गर्दै नगर प्रमुख ढुङ्गानाले पालिका भित्रका सबै विद्यालयमा पुगेर विद्यार्थीहरुसंग अन्तरक्रियात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

‘स्थानीय निकायले विद्यालय र विद्यार्थीहरुका लागि के कसरी कार्य गरेको छ, सो का बारेमा जानकारी गराउने मात्र नभई आगामी दिनमा विद्यार्थीहरुको हितका लागि स्थानीय निकायले के कस्ता कार्य गर्न सकिन्छ भन्ने बारेमा पनि उनीहरुसंग नै छलफल गर्ने हाम्रो उद्देश्य हो ।’

"No​

नगरप्रमुख ढुङ्गानाले भन्नुभयो, ‘एकातर्फ यसले विद्यार्थीको समस्या प्रत्यक्ष रुपमा बुझ्न सकिन्छ भने अर्कातर्फ स्थानीय सरकार प्रति विद्यार्थीको सकारात्मक धारणा बसाल्न सहयोग पुग्छ ।’

विद्यालयको पाठ्यपुस्तकमा स्थानीय निकाय, यसको गठन प्रक्रिया देखि काम, कर्तव्य र अधिकार समेत पठनपाठन हुने गरेको स्मरण गर्दै नगर प्रमुख ढुङ्गानाले यसरी गरिने अन्तरक्रियात्मक कार्यक्रमबाट विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सुरुवाती चरणमा माध्यमिक तहका विद्यालयबाट सुरु हुने ‘विद्यार्थीसंग मेयर कार्यक्रम’ बिस्तारित रुपमा पालिका भित्रका सबै विद्यालयका विद्यार्थीमाझ पु¥याइने नगरप्रमुख ढुङ्गानाको भनाई छ ।

अर्काे फरक प्रसंगमा नगर प्रमुख ढुङ्गानाले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि नगरपालिकाबाट कुनैपनि कसर बाँकी नराखिने बताउँदै सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकहरुले आ–आफ्नो कार्यक्षेत्रमा इमान्दार भएर जिम्मेवारी निभाउन आग्रह गर्नुभयो। विद्यालयको भौतिक सुधार देखि शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि पालिकाबाट विभिन्न शीर्षकमा बजेटहरु उपलब्ध गराइएको र सो को सदुपयोग गर्न पनि प्रमुख ढुङ्गानाले आग्रह गर्नुभयो ।

नीलकण्ठ नगरपालिकाबाट पालिका भित्रका विद्यालयका बालविकास कक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनका लागि स्मार्ट टि.भी. प्रदान गरिदैछ भने ‘एक शिक्षक, एक ल्यापटप’ को अवधारणा अनुसार पहिलो चरणमा २ सय भन्दा बढी शिक्षकलाई ५० प्रतिशत साझेदारीमा नगरपालिकाले ल्यापटप प्रदान गर्न लागेको छ ।

"No​

कार्यक्रममा नीलकण्ठ नगरपालिकाबाट गत वर्ष लगिएको प्रधानाध्यापकहरुको शैक्षिक अवलोकन भ्रमणका बारेमा समिक्षा गरिएको थियो । यसका साथै पालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता, अतिरिक्त क्रियाकलाप सञ्चालनका बारेमा प्रधानाध्यापकहरुको सुझाव संकलन गरिएको छ ।

कार्यक्रमबाट प्राप्त सुझावका आधारमा यही चैत्र मसान्त भित्र विभिन्न चरणमा पालिकास्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता सञ्चालन गरिने नीलकण्ठ नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति मेघनाथ कोइरालाले नीलकण्ठ एफ.एमलाई जानकारी दिनुभयो । कार्यक्रममा एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली IEMIS का बारेमा समेत छलफल भएको थियो ।

"No​

प्रधानाध्यापकको बैठकमा पालिका भित्रका ९० वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धादिङका स्रष्टा साहित्यकार बद्री प्रसाद दाहालले भर्खरै बजारमा आएको आफ्नो दुइ पुस्तकहरु छन्द कविता संग्रह सयपत्री र निबन्ध संग्रह माला चिन्तनको परिचर्चा समेत गर्नु भएको थियो । नीलकण्ठ नगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख तुल बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रम स्रोतव्यक्ति मेघनाथ कोइरालाले सञ्चालन गर्नुुभएको थियो ।

"No​

​

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

    राजनीति र विचारलाई बाहिरै छोडेर पज्ञा प्रतिष्ठानमा आउन मेयर ढुङ्गानाको आह्वान, नीलकण्ठको पुरानो भवनमा विशाल पुस्तकालय बनाइने उद्घोष

  • नन्दानुभूती कविता सङ्ग्रह विमोचन

    नन्दानुभूती कविता सङ्ग्रह विमोचन

  • जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

    जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?

  • “बच्छला सन्देश” पुस्तक विमोचन

    “बच्छला सन्देश” पुस्तक विमोचन

  • समाचार
    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0