सासु र बुहारी बीच कहिल्यै सम्बन्ध राम्रो हुदैन भन्ने मान्यतालाई चिर्दै यसपटकको तिजमा भने सासु र बुहारीकै बीच सुमधुर सम्बन्ध भएको देखिन्थ्यो ।सासुको लागि बुहारी नजाती हुने र बुहारीको लागि सासु नजाती हुन्छन् भन्ने विश्वास गरिन्थ्यो। तर यसबर्ष फरक दृश्य देखिएको छ ।यसबर्षको तिजमा भने सामाजिक सञ्जालमा सासु र बुहारी बीचको नाँचले भने पहिलाको मान्यतालाई गलत सावित गरिदिएको छ।सासु र बुहारी सँगै बसेर तिज मानेको धेरै चेलीहरुको यो नै पहिलो पटक होला ।
शिवालयहरुमा भिड लाग्ने आजको दिन सुनसान देखिन्थ्यो भने सामाजिक सञ्जालमा रौनक भेटिन्थ्यो। तिज भन्ने वित्तिकै पराई घरमा गएकी छोरी माईती घरमा आएर रमाउने चाडको रुपमा लिने गरिन्छ।एक बर्ष सम्म भेटघाट नभएका चेलीहरु आफ्नो माईत घरमा आएर बर्षभरीको पीडा सुनाउने र मन हल्का गर्ने भन्ने चलन थियो ।तर समय अहिले फेरीएको छ।कोरोना भाईरस(कोभिड १९)को कारण देशका विभिन्न स्थानमा निषेधाज्ञा गरीएको छ।कोरोना भाईरस रोकथाम नियन्त्रण गर्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा गरेपछि लाखौँ चेलीहरु माईत जानबाट रोकिनु प¥र्यो ।
नेपाल सरकारले चाडपर्व घरभित्रै बसेर मनाउनको लागि गरेको आग्रह सफल भएको छ ।माईती घरमा गएर आफ्नो साथीसंगी र आमासँग रमाईलो गरेर मनाईने तिज यसबर्ष कर्मघरको आमासँग मनाईएको दृश्यहरु सामाजिक सञ्जारमा देख्न पाईन्थ्यो ।तिजको दिन घरपरीवार सँगै बसेर नाँचगान र रमाईलो गरेको सामाजिक सञ्जाल फेसबुक लाईभ प्रसस्त भेटिन्थ्यो ।
एकल होस वा सामुहिक सबैले आफुले गरेको रमाईलो फेसबुक लाईभ गर्नुभएको थियो।बर्षभरीको दुख पीडा भुलेर पनि चेलीहरु घरका परिवारसँग रमाईलो गरेको देख्दा तीजको महत्व कत्ति छ भनेर दर्शाउथ्यो ।आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।विपत्तिले दुख र पीडा मात्रै होईन हामिलाई धेरै अवसर पनि दिएको छ ।सासु र बुहारीको बीचको सम्बन्ध अझै प्रगाढ बनोस हरितालिका तीजको अवसरमा सबैलाई शुभकामना ।
फोटोःगुगल
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |