वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, २९ चैत
स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले २१ बुँदे सुझाव पेस गरेको छ । एमाले घोषणापत्र मस्यौदा समितिलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सुझाव पेस गरेको हो ।
उक्त सुझाव पार्टीका वरिष्ठ उपाध्यक्ष तथा घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र मस्यौदा समितीले पार्टीका विभिन्न तह, विभाग तथा बुद्धिजीवीहरुबाट सुझाव आह्वान गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा. झलक गौतमले सुझाव पेश गरेका हुन् ।
नेपालको संविधान, दिगो विकास लक्ष्य, पन्ध्रौं पञ्चवर्षीय योजना तथा स्वास्थ्य र जनसंख्या क्षेत्रका विषयगत कानुनले निर्दिष्ट गरेका प्रावधानहरूको कार्यान्वय गर्न तिर लाग्न सुझाव दिइएको छ ।
निरोगी नेपालमार्फत् ‘सुखी नेपाली र सम्वद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा, सूचना र शिक्षा प्राप्त गर्ने नागरिकको मौलिक अधिकार र राज्यको दायित्व भएको कुरालाई समेत आत्मसात गर्न सुझाव पेस गरिएको छ ।
स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर पालिकाद्वारा खर्च गरिने विकास बजेटको न्यूनतम १० प्रतिशत बजेट स्वास्थ्य सेवाको विकासको लागि खर्च गरिने भनेर घोषणापत्र बनाउन सुझाव दिइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |