नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
काठमाडौं, १५ चैत
बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका–४ घर भएका ५२ वर्षीय काजी गुरुङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले गत फागुन १ गते बैंकिङ कसूर मुद्दामा उनलाई ६ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट उनलाई पक्राउ गरेको हो ।
गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट बैंक लिमिटेड गोंगबु काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |