वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
धादिङ । यातायात व्यवसायसँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शरद अधिकारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा असोज १५ गते सम्पन्न अधिवेशनबाट अधिकारी खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
धादिङ मण्डली यातायात प्रालिका अध्यक्षसमेत रहेका अधिकारी नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष हुन्। संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट उनी खुला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। यसअघि पनि उनी कांग्रेसका विभिन्न सांगठनिक गतिविधिसँगै यातायात क्षेत्रको नेतृत्वमा सक्रिय रहँदै आएका छन्।
नेपाल इन्भेष्टमेन्ट यातायात कल्याण प्रालिको नेतृत्वमा समेत रहेका अधिकारी लामो समयदेखि धादिङको यातायात व्यवसायी संगठनमा क्रियाशील छन्। धादिङ यातायात व्यवसायी संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी पछिल्लो समय धादिङ मण्डली यातायात प्रालिको अध्यक्षका रूपमा कार्यरत छन्। अधिकारीले विगतमा धादिङ उद्योग वाणिज्य संघको सचिव तथा जिल्ला खेलकुद विकास समितिको अध्यक्षलगायत जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
अधिकारी कांग्रेसको राजनीतिमा पनि लामो समयदेखि सक्रिय छन्। विगतमा पार्टीको प्रदेश अधिवेशन प्रतिनिधिसहित विभिन्न जिम्मेवारीमा रहेका उनी यसपटक केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। यातायात व्यवसायी संगठनको केन्द्रीय नेतृत्वमा रहेका अधिकारीको कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयनसँगै उनको पार्टीगत भूमिकासमेत थपिएको छ।
अधिकारी संगै धादिङ क्षेत्र न १ बाट खुलातर्फ मधुकुमार श्रेष्ठ, कृष्ण रिजाल, अर्जुनप्रसाद उप्रेती, प्रभात किरण सुवेदी, दिपकान्त थपलिया, दिपक कार्की, राधाकृष्ण भण्डारी, रञ्जित पाठक र लक्ष्मण अर्याल केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
त्यसैगरी महिलातर्फ उर्मिला थपलिया (सिता), उर्मिला कँडेल, कविता इटनी र ज्ञानु अधिकारी चयन भएका छन्। श्रमिकतर्फ शिव श्रेष्ठ, पेशागत विषयविज्ञतर्फ अर्जुनप्रसाद न्यौपाने तथा युवा महिलातर्फ लक्ष्मी सिलवाल महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
नवनिर्वाचित महाधिबेशन प्रतिनिधि अधिकारीका अनुसार युवा खुलातर्फ गोकर्ण अर्याल र मनिष उप्रेती चयन भएका छन्। नेपाली कांगेस धादिङ क्षेत्र न १ अन्तरर्गत गजुरी धुनिवेशी र गल्छिमा गाउँपालिकामा अध्यक्ष चयन भने बाकि रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |