Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १३, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

भोटेकोसी बाढीमा ज्यान गुमाएका ऋणीको परिवारलाई धादिङ उद्योग वाणिज्य सहकारीद्वारा ४ लाख रुपैयाँ हस्तान्तरण

१७१७ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १३, मंगलबार (१० घण्टा अघि)
भोटेकोसी बाढीमा ज्यान गुमाएका ऋणीको परिवारलाई धादिङ उद्योग वाणिज्य सहकारीद्वारा ४ लाख रुपैयाँ हस्तान्तरण

धादिङ,१३ असोज

धादिङ उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोसी बाढीमा परी ज्यान गुमाएका आफ्ना ऋणी दयाराम लम्सालको परिवारलाई बीमा रकमबाट ४ लाख ८ हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरेको छ।सहकारीले आज आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर धरेलले लम्सालको परिवारलाई ४ लाख ८ हजार १५ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो। लम्सालले सहकारीबाट ३ लाख रुपैयाँ ऋण लिँदा १ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिरेर बीमा गराउनुभएको थियो।

संस्थाका अध्यक्ष धरेलका अनुसार लम्सालको निधनपछि बीमा कम्पनीबाट क्रिया खर्चसहित ६ लाख १० हजार रुपैयाँ प्राप्त भएको थियो। त्यसमध्ये लम्सालले सहकारीलाई तिर्न बाँकी रहेको २ लाख २ हजार रुपैयाँ ऋण कट्टा गरी बाँकी ४ लाख ८ हजार ४ सय १५ रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको हो।अध्यक्ष धरेलले सहकारीले ऋण लगानी गर्दा ऋणीको सुरक्षाका लागि बीमासहितको ऋण प्रवाह गर्दै आएको बताउनुभयो। उहाँले भवितव्यको जोखिमलाई ध्यानमा राखेर ऋणीलाई बीमा गरेर मात्रै ऋण लिन आग्रह गर्नुभयो।उहाँले व्यवसायीहरूलाई आफ्नो पसल तथा घरको समेत बीमा गर्न आग्रह गर्नुभएको छ।सहकारीका उपाध्यक्ष बलराम खत्रीले व्यवसायीहरूको हितलाई ध्यानमा राखेर सहकारीले ऋण लगानीसँगै बीमा गर्ने व्यवस्था गरेको बताउनुभयो। उहाँका अनुसार २०७१ सालमा स्थापना भएको सहकारीमा दर्ता भएका व्यवसायी तथा कर, प्यान र भ्याटमा आबद्ध व्यवसायीलाई आवश्यक कागजात हेरेर सदस्य बनाउने गरिएको छ।

जिल्लाभर कार्यक्षेत्र रहेको सहकारी ५५ जना व्यवसायीबाट सुरु भएको र हाल करिब ३ करोड रुपैयाँको कारोबार गर्न सफल भएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो।कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बोधनाथ दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो। संस्थाका अध्यक्ष ईश्वर धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बलराम खत्री, महासचिव शरणकुमार श्रेष्ठ, कोषाध्यक्ष लोकप्रसाद सापकोटा, सचिव शुक्रकुमार श्रेष्ठ, सहकारीका सदस्य तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

  • बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

  • पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

  • वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

    वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

  • समाचार
    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

    वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0