बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी, २ असोज । ५४ औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा कृत्रिम बुद्धिमत्ता (एआई), जलवायु परिवर्तन र वर्तमान शैक्षिक प्रणालीका विषयमा विद्यार्थी तथा विज्ञबीच शैक्षिक बहस सम्पन्न भएको छ।
धादिङ आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सम्बन्धित क्षेत्रका विज्ञसँग प्रत्यक्ष सवाल–जवाफ गर्दै प्रविधिको प्रयोग, वातावरण संरक्षण र व्यावहारिक शिक्षाको आवश्यकताबारे छलफल गरेका हुन्।
कार्यक्रममा विद्यार्थी रुमन दाहालले नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा मुरारी अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका स्रोतव्यक्ति मेघनाथ कोइरालासँग कृत्रिम बुद्धिमत्ता तथा जलवायु परिवर्तनका विषयमा प्यानल बहस गर्नुभएको थियो।
बहसका क्रममा विज्ञहरूले एआई अभिशाप नभई आधुनिक प्रविधि भएकाले यसको प्रयोग सोचविचारपूर्वक गर्नुपर्ने बताउनुभयो। एआईलाई अन्तिम विकल्पका रूपमा नभई सहयोगी साधनका रूपमा प्रयोग गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।
जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न राज्यका साथै नागरिकस्तरबाट पनि वातावरण संरक्षणमा योगदान आवश्यक रहेको विज्ञहरूको भनाइ थियो।
त्यस्तै, विद्यार्थी अमिशा रिजालले वर्तमान शैक्षिक प्रणालीका विषयमा विज्ञहरूसँग बहस गर्नुभएको थियो। वक्ताहरूले किताबी ज्ञानमा मात्र सीमित नभई प्रयोगात्मक र व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। विद्यार्थीले सिक्ने, समाजमा टिक्ने र श्रमबजारमा बिक्ने किसिमको शिक्षा आजको आवश्यकता भएको उहाँहरूको भनाइ थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |