Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

१८७३ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार (८ घण्टा अघि)
अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा  बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

धादिङ,२९ भदौ
भोटेकोसीमा हिमपहिरोपछि आएको बाढीबाट क्षतिग्रस्त बनेको गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा सञ्चालन गरिएको दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २३५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गल्छी गाउँपालिकाको स्थानीय सहयोग रहेको थियो भने इन्सेकले कार्यक्रम समन्वय गरेको थियो ।शिविरमा जनरल फिजिसियन, स्त्रीरोग, हाडजोर्नी तथा मानसिक रोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार डा. प्रताप छत्कुलीका अनुसार जनरल फिजिसियनतर्फ ८०, स्त्रीरोगतर्फ ५१, हाडजोर्नीतर्फ ८२ र मानसिक रोगतर्फ २२ जनाले सेवा लिएका छन् ।शिविरमा जनरल फिजिसियन डा. दीपक सुन्दर श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. सरिता सटौल, मानसिक रोग विशेषज्ञ डा. प्रज्वल थापा र हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो ।

बाढीबाट अस्पतालको भौतिक संरचना, औषधि तथा स्वास्थ्य उपकरणमा क्षति पुगेपछि केही समय स्वास्थ्य सेवा प्रभावित बनेको थियो । सरसफाइ तथा आवश्यक व्यवस्थापनपछि अस्पतालबाट सेवा पुनः सुरु गरिएसँगै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।शिविर समापनका अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक, सहयोगी संस्था तथा स्थानीय सरकारलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार नर्स प्रसुना कँडेललगायतले आगामी दिनमा पनि अस्पतालको सेवा विस्तार तथा प्रगतिका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले विपद्का कारण अस्पताल बन्द भएपछि सकेसम्म छिटो सेवा सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो । विपद्पछि स्वास्थ्य सेवा अवरुद्ध हुँदा महामारी फैलिन सक्ने जोखिम रहने भएकाले नागरिकको जिउज्यानको सुरक्षा र स्वास्थ्य सेवा निरन्तरता दिन अस्पताल तत्काल सञ्चालन गर्नुपरेको उहाँको भनाइ थियो ।बाढीबाट क्षतिग्रस्त अस्पताल पुनः सञ्चालनमा आएलगत्तै आयोजना गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर अस्पतालका लागि ‘प्राणवायु’ जस्तै भएको डा. दाहालले बताउनुभयो । स्थानीय नागरिकले एकै ठाउँमा विभिन्न विषयका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श पाउनु महत्वपूर्ण अवसर भएको उहाँले उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले पठाउनुभएको सन्देशमा बैरेनी अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि समाजले आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो ।बाढीबाट प्रभावित क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् । अस्पतालको नियमित सेवा पुनः सञ्चालनसँगै विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुँदा विपद्बाट प्रभावित स्थानीयवासीलाई स्वास्थ्य उपचारमा थप सहजता भएको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

  • पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • समाचार
    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा  बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

    अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0