Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

‘स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकता’

नीलकण्ठ एफ.एम ४१६१ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र ४, बुधबार (६ महिना अघि)
‘स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकता’

धादिङ, चैत्र ४ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोध नारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । ज्वालामुखी गाउँपालिका–७ मैदी निवासी ५६ वर्षीय श्रेष्ठ विकास, सुशासन र जिम्मेवार राजनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धतासहित संसद्मा प्रवेश गर्नुभएको हो ।

वि.सं. २०२६ भाद्र ३ गते जन्मिएका श्रेष्ठले राष्ट्रिय तथा प्रदेशस्तरमा दीर्घ अनुभव हासिल गर्नुभएको छ । विकासलाई नीति, प्रणाली र नागरिकको सक्रिय सहभागितासँग जोडेर अघि बढाउनुपर्ने स्पष्ट दृष्टिकोणसहित उहाँ सार्वजनिक जीवनमा सक्रिय रहँदै आउनुभएको छ ।

श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र सुधारलाई बनाउने बताउनुभएको छ । “धादिङमा सबै नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हाम्रो पहिलो लक्ष्य हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार सुरुवातमा गैर–बजेटीय कार्यक्रममा केन्द्रित हुनेछ । उक्त कार्यक्रम अन्तरगत धादिङ अस्पतालको सेवास्तर उन्नति गर्ने योजना अघि सारिएको छ ।

यससँगै रोजगार र स्वरोजगार प्रवद्र्धनका लागि ‘नव अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो । उक्त केन्द्र युवाहरूको नेतृत्वमा सञ्चालन हुने र नयाँ सोच तथा प्रविधिमार्फत उद्यमशीलता विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।
त्यसैगरी धादिङमा स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तार गर्ने र हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवाहरूलाई व्यवस्थित बनाउने पनि उहाँको प्राथमिकतामा परेको छ ।

श्रेष्ठले आफ्नो मुख्य एजेन्डालाई “३ प्लस २” अवधारणामा अघि बढाइने बताउनुभएको छ । यसअन्तर्गत स्वास्थ्य, रोजगार तथा अनुसन्धान–नवप्रवर्तन केन्द्र स्थापना र स्वास्थ्य बीमा विस्तारलाई तीन प्रमुख एजेन्डा बनाइएको छ । थप दुई एजेन्डाका रूपमा भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सहभागितामा ‘एन्टि–करप्सन आन्दोलन’ सञ्चालन गर्ने तथा राज्यका सेवा–सुविधा नागरिकसम्म सहज रूपमा पुग्ने गरी प्रणाली सुधार गर्ने योजना उहाँले प्रस्तुत गर्नुभएको छ ।

विकासको सम्भावनाबारे बोल्दै श्रेष्ठले धादिङको भूगोल जटिल भए पनि विभिन्न क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो । रुवी भ्याली क्षेत्रमा ग्रामीण पर्यटन, जलविद्युत् र खानीजन्य स्रोतको सम्भावना रहेको उहाँले बताउनुभयो । त्यस्तै गङ्गाजमुना क्षेत्रमा कफी खेती, नेत्रावती क्षेत्रमा तरकारी उत्पादन तथा सल्यानटार क्षेत्रमा कृषि उत्पादन विस्तारको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ।

“धादिङका विभिन्न पालिकामा फरक–फरक सम्भावना छन्। ती सम्भावनालाई जोडेर योजनाबद्ध विकास अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो । सडक पूर्वाधार, इन्टरनेट सुविधा, संस्कृति र पर्यटनलाई जोडेर ग्रामीण तथा खेल पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँले बताउनुभयो ।

श्रेष्ठले धादिङ जिल्लाको दीर्घकालीन विकासका लागि २० वर्षे रणनीतिक योजना तयार गरी सोही आधारमा विकासका कार्यक्रम अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

राजनीतिमा प्रवेश गर्नुअघि श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गर्नुभएको छ । उहाँले युनिसेफ नेपालमा १७ वर्षसम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (ध्ब्क्ज्) अधिकृतका रूपमा काम गर्नुभएको थियो । मधेश, वागमती, लुम्बिनी, गण्डकी, कोशी र कर्णाली प्रदेशमा उहाँले प्रत्यक्ष कार्य अनुभव हासिल गर्नुभएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटीमा पूर्वमन्त्री, उपसभापति तथा संगठन व्यवस्थापकका रूपमा जिम्मेवारी सम्हालेका श्रेष्ठ बुढीगण्डकी जलविद्युत् आयोजनाका सामाजिक पक्षसम्बन्धी पूर्व सल्लाहकार पनि हुन्। उहाँ बुढीगण्डकी क्याम्पस, ज्वालामुखी धादिङका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ।

विपद् व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा समेत उहाँले उल्लेखनीय अनुभव हासिल गर्नुभएको छ । विभिन्न प्राकृतिक विपद् तथा महामारीका समयमा उहाँले अग्रपङ्क्तिमा रहेर काम गरेको अनुभव छ।

श्रेष्ठ ग्रामीण विकासमा स्नातकोत्तर तथा राजनीति शास्त्रमा स्नातक हुन्। उहाँ नेपालको खुला दिसामुक्त अभियानका प्रमुख अभियन्तामध्ये एकका रूपमा पनि चिनिनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा सन् २०२५ अक्टोबर २ देखि आबद्ध हुनुभएको हो । राजनीतिमा औपचारिक रूपमा प्रवेश गर्नुअघि कुनै दलको सक्रिय सदस्य नभए पनि वैचारिक रूपमा वामपन्थी धारप्रति झुकाव रहेको उहाँ बताउनुहुन्छ ।

निर्वाचनअघि सार्वजनिक गरिएको घोषणा पत्रमा उहाँले सुशासन र संस्थागत सुधार, उत्पादनमुखी अर्थतन्त्र, स्वास्थ्य र सामाजिक सुरक्षा, शिक्षा तथा मानव पूँजी विकास, पूर्वाधार र कनेक्टिभिटी, वातावरण संरक्षण, अध्ययन–अनुसन्धान र नवप्रवर्तन, प्रवास तथा ब्रेन–गेन र सामाजिक न्यायसहित समावेशी विकासलाई प्राथमिकतामा राख्नुभएको छ ।

नवनिर्वाचित सांसद श्रेष्ठले धादिङको विकासलाई योजनाबद्ध रूपमा अघि बढाउँदै नागरिकको प्रत्यक्ष सहभागितामा सुशासन र समृद्धिको मार्गमा जिल्लालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले २६ हजार १४३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश धमलालाई ५ हजार ८६५ मतान्तरले पराजित गर्नुभएको हो।
धमलाले २० हजार २७८ मत पाउनुभयो । नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ र नेपाल कम्युनिस्ट पार्टीका रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गर्नुभयो ।

एमाले र कांग्रेसको परम्परागत प्रभाव मानिने धादिङ–२ मा रास्वपाबाट श्रेष्ठको जितलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

  • आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • समाचार
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0