Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

२९५७ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २, बुधबार (९ महिना अघि)
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

धादिङबेशी २,पुस । ज्वालामुखी गाउँपालिकामा सञ्चालन भइरहेको स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको परियोजनाको कार्यप्रगति समीक्षा तथा पालिका स्तरमा देखिएका समस्या समाधानका लागि विज्ञ टोलीले आज फिल्ड अवलोकन गरेको छ ।

फिल्ड अवलोकन तथा अनुगमनमा ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्याल, पशु सेवा कार्यालय धादिङका प्रमुख डा. बबलु ठाकुर, कृषि विकास कार्यालय धादिङकी बागवनी बिकास अधिकृत सबिना देवकोटा, ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, पशु सेवा शाखा प्रमुख डा. शुलभ श्रेष्ठ, कृषि बिकास शाखा प्रमुख विदुर तिमल्सिना, स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाका परियोजना संयोजक मनोज पोखरेल तथा नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्जका प्रमुख बद्री अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

परियोजनाले हालसम्म सञ्चालन गरेका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमबाट प्राप्त उपलब्धीको मूल्याङ्कन गर्नुका साथै स्थानीय तहमा देखिएका व्यवहारिक समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले फिल्ड अवलोकन गरिएको परियोजना संयोजक पोखरेलले बताउनु भयो ।

टोलीले ज्वालामुखी गाउँपालिकाका बिभिन्न वडाका किसानहरुको घरगोठ तथा तरकारी टनेलक्षेत्रमा नै पुगी अवलोकन गरेको थियो । किसानहरूले परियोजनाबाट प्राप्त अभिमुखीकरण र तालिमले कृषि पेशाप्रति उत्साह बढेको र आधुनिक कृषि कर्मतर्फ आकर्षण बढेको प्रतिक्रिया दिएका छन् । हाल ज्वालामुखी गाउँपालिकामा त्रिरत्न मौरी पकेट विकास कृषक समूहमार्फत वडा नं. ६ मा करिव ३०० घार मौरी पालन भइरहेको छ, जसले किसानको आयआर्जनमा सकारात्मक योगदान पु¥याइरहेको अनुगमन टोलीले जनाएको छ ।

यसै क्रममा परियोजनाले विद्यालयस्तरमा जंक फुड निषेधको कार्यान्वयन अवस्था बुझ्न ज्वालामुखी गाउँपालिका वडा नं. ४ स्थित कालिका माध्यामिक विद्यालय र वडा नं. २ स्थित ठुलोचौर माध्यमिक विद्यालयमा समेत अनुगमन तथा अन्तरक्रिया गरेको थियो ।

स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाले ज्वालामुखी गाउँपालिकामा कृषि तथा खाद्य संगठन (FAO Nepal) को आर्थिक सहयोगमा खाद्य प्रणाली रुपान्तरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजनाले खाद्य प्रणाली रुपान्तरणका लागि पञ्चवर्षीय रणनीतिक योजना तयार गरिसकेको छ भने किसानहरूको क्षमता अभिवृद्धिका लागि पशु आहार व्यवस्थापन, खाद्य उत्पादनमा बिषादी न्यूनिकरण,रासायनिक मललाई कम गर्दै गुणस्तरीय उत्पादनको लागी जैबिक मलको प्रयोग,पत्रु खाना कम गर्दैै हाईजनिक फुडको प्रयोगलाई प्रोत्साहन गर्ने,मौरीपालन लगायतका क्षेत्रमा तालिम तथा अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।

अनुगमन टोलीले परियोजनाले स्थानीय कृषि प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकाल्दै आगामी दिनमा स्थानीय तहसँग सहकार्य अझ सुदृढ गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

  • आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

  • समाचार
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0