Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

एकीकृत विद्यालय अवधारणामा जानुपर्ने समय आएको छ – जि.स.स. प्रमुख अधिकारी

३७६० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २, बुधबार (८ महिना अघि)
एकीकृत विद्यालय अवधारणामा जानुपर्ने समय आएको छ – जि.स.स. प्रमुख अधिकारी

धादिङबेशी । जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले मण्डली माध्यमिक विद्यालयको ऐतिहासिक पृष्ठभूमिदेखि हाल देखिएको विद्यार्थी संख्याको गम्भीर अवस्थासम्म औँल्याउँदै अब जिल्लाले एकीकृत विद्यालयको अवधारणातर्फ जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

मण्डली माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अधिकारीले विद्यालयको भव्य उत्सव सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ अत्यन्त संक्षेपमा राख्नुभएको थियो । उहाँले वि.सं. २०१४ सालमा स्थापना भएको मण्डली माध्यमिक विद्यालय ६९ वर्ष पूरा गरी ७० औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै विद्यालयको नाम ‘मण्डली’ कसरी रहन गयो भन्ने ऐतिहासिक पृष्ठभूमि पनि स्पष्ट पार्नुभयो । २००९ सालको भीषण बाढीपहिरोपछि त्यस क्षेत्रमा बसोबास गर्ने योगीहरूको जमात (मण्डली) र त्यही स्थानमा रहेको समाधिबाट ‘मण्डली पाटा’ नाम चलनमा आएको र सोही स्थानमा विद्यालय स्थापना हुँदा मण्डली माध्यमिक विद्यालय नामाकरण भएको उहाँले स्मरण गर्नुभयो । “आजसम्म आइपुग्दा यो विद्यालयले हजारौँ होनहार सन्ततिहरू उत्पादन गरिसकेको छ, जसमा तपाईं–हामी प्रायः सबै पर्छौँ,” उहाँले भन्नुभयो ।

घट्दो विद्यार्थी संख्या चिन्ताको विषय                                                                                                                                                                                                                                                                                                                                            कार्यक्रममा प्रमुख अधिकारीले हाल देखिएको विद्यार्थी संख्या घट्दो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार धादिङ जिल्लामा अघिल्लो वर्ष ७७ हजार ५०९ विद्यार्थी रहेकामा यो वर्ष ५ हजार ९६७ जना घटेर ७४ हजार ५४२ मा सीमित भएको छ । “एकै वर्षमा करिब ६ हजार विद्यार्थी घट्नु भनेको हाम्रो शैक्षिक भविष्यका लागि गम्भीर प्रश्न हो,” उहाँले भन्नुभयो । उहाँले जन्मदरसमेत तीव्र रूपमा घटिरहेको तथ्य प्रस्तुत गर्दै कतिपय वडामा वार्षिक जन्म संख्या २० जनाभन्दा कम रहेको उल्लेख गर्नुभयो । “अब एउटा विद्यालयले दुई जना विद्यार्थी पनि नपाउने अवस्था सिर्जना हुँदैछ,” उहाँको भनाइ थियो ।

एकीकृत विद्यालय अवधारणामा जोड
यही यथार्थका कारण जिल्लामै एकीकृत विद्यालय र एकीकृत आवासीय विद्यालयको अवधारणामाथि बहस सुरु गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । बेनिघाट रोराङ गाउँपालिका र निलकण्ठ नगरपालिका दुई वर्ष लगातार लिजा मूल्यांकनमा प्रथम भएको उदाहरण प्रस्तुत गर्दै उहाँले ती स्थानीय तहहरूले अघि सारेका एकीकृत विद्यालय अभ्यास उल्लेख गर्नुभयो ।

शैक्षिक उपलब्धि र चुनौती
एसईई नतिजाको सन्दर्भमा गंगाजमुना गाउँपालिका धादिङ जिल्लामा दोस्रो स्थानमा रहेको उल्लेख गर्दै प्रमुख अधिकारीले ८३ प्रतिशतभन्दा बढी उत्तीर्ण दर सकारात्मक भए पनि अब सत प्रतिशत नतिजातर्फ लक्ष्य गर्नुपर्नेमा जोड दिनुभयो। जिल्ला समन्वय समिति र शिक्षा निकायको तर्फबाट सत प्रतिशत एसईई तथा प्लस टु उत्तीर्ण गराउने विद्यालयलाई सम्मान गरिएको स्मरण गर्दै उहाँले आगामी वर्ष मण्डली माध्यमिक विद्यालयलाई पनि सो सूचीमा देख्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सत प्रतिशत नतिजाका असल अभ्यास
प्रमुख अधिकारीले सत प्रतिशत नतिजा ल्याएका विद्यालयका असल अभ्यासहरू पनि साझा गर्नुभयो। अतिरिक्त कक्षा सञ्चालन, बिहान–बेलुका विशेष अध्ययन समय, शैक्षिक सामग्री तथा खाजा व्यवस्थापन, शिक्षक–अभिभावक नियमित अन्तरक्रिया, घरदैलो अनुगमन र शिक्षकहरूको निस्वार्थ समर्पण नै उत्कृष्ट नतिजाको मुख्य आधार भएको उहाँले बताउनुभयो । “कुनै अतिरिक्त भत्ता वा प्रलोभन बिना विद्यार्थीको भविष्यका लागि समर्पित शिक्षकहरूले नै सत प्रतिशत नतिजा सम्भव बनाएका छन्,” उहाँले भन्नुभयो ।

मण्डली माविप्रति आशा
मण्डली माध्यमिक विद्यालयका शिक्षकहरू दक्ष, अभिभावक सचेत र विद्यार्थी लगनशील रहेको उल्लेख गर्दै प्रमुख अधिकारीले यस्ता असल अभ्यासहरू परिष्कृत रूपमा अपनाउन सके विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्त्यमा, विद्यालयको चौतर्फी प्रगतिमा जिल्ला समन्वय समितिको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

साभार: प्रत्यूष दैनिकबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

  • पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0