नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, ०८ मङ्सिर ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१स्थित निरञ्जना माध्यमिक विद्यालयमा ४७ वर्षसम्म आफ्नो सेवामार्फत विद्यालयको विकासमा महत्वपूर्ण योगदान पु¥याउने कार्यलय सहयोगी भक्तबहादुर अधिकारीप्रति पूर्वविद्यार्थी र शिक्षकहरूले थप सम्मान व्यक्त गर्ने भएका छन्।
पहिले अधिकारीलाई रु. २०,०५६ सहित सम्मानपत्र प्रदान गर्ने तयारी गरिएको थियो। तर, विद्यालयमा वर्षौँसम्म समर्पित भएर काम गरेका अधिकारीप्रति कृतज्ञता व्यक्त गर्न पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरू स्वतःस्फूर्त रूपमा अभियानमा जोडलिँदै जाँदा सम्मानको रकम बढेर रु. २६,१५६ पुगेको “निरञ्जना मावि पूर्वविद्यार्थी ब्याच–२०५६” का मुख्य व्यवस्थापक काजीराम अधिकारीले जानकारी दिनुभयो ।
पेन्सन र उपदानबिना चार दशकभन्दा बढी सेवा समर्पण गरेका अधिकारीलाई विद्यालयको वार्षिक उत्सवकै क्रममा सम्मान गर्ने तयारी मिलाइएको आयोजकले जनाएका छन्। यो सम्मानलाई विद्यालय समुदायले लामो सेवाप्रति गरिने कृतज्ञताको निरन्तरता र प्रेरणाको स्रोतका रूपमा लिएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |