नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, असोज २० गते ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक (एसपी) रिजालका अनुसार घटनापछि यमबहादुरलाई आइतबार राति ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ ।
प्रहरी घटनास्थलमा पुग्दा कँडेल हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए । पछि उनी घरभित्र प्रवेश गरेपछि प्रहरीले उनलाई त्यहींबाट नियन्त्रणमा लिएको एसपी रिजालले जानकारी दिनुभयो ।
आफ्नै आमाको हत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |