बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, असोज ०६ गते ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाकस्थित निरञ्जना माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरिएको छ। विद्यालयका पूर्वविद्यार्थी र पूर्वशिक्षकहरूको पहलमा “निरञ्जना ब्याच २०५६ छात्रवृत्ति कोष” स्थापना भएको हो।
छात्रवृत्ति कोषका मुख्य संयोजक होम अधिकारीका अनुसार २०५६ सालभन्दा अगाडि विद्यालय छोडेका पूर्वविद्यार्थीहरूको सहभागितामा २०८२ सालमा कोष स्थापना गरिएको हो।
कोषको मुख्य व्यवस्थापक काजिराम अधिकारी, संयोजक साबित्रा थापा, सह–संयोजक दिनेश अधिकारी, व्यवस्थापक रामकृष्ण खड्का, सह–व्यवस्थापक राजु तामाङ, महिला संयोजक सानू अधिकारी, प्रवास संयोजक अनिता अधिकारी, खेलकुद संयोजक युग ब। घले, स्वास्थ्य संयोजक बिमल बरुवाल र स्थानीय संयोजक जुनादेवी पन्त रहेका छन्। साथै, प्रेम ब। तामाङ, शुशिला नेपाली, शम्शेर तामाङ, मिल्क ब। तामाङ, प्रेम ब। अधिकारी र वीर ब। तामाङ समितिका सदस्य रहेका छन्।
यसैगरी, पूर्वप्रधानाध्यापक केशरी प्र। पन्त, शंकर अधिकारी, रामकृष्ण धरेल, बद्री प्रसाद ढकाल, कोमलनाथ पोख्रेल, उमा प्रसाद ढकाल, सुन्दर थापा, नवराज त्रिपाठीलगायतका पूर्वशिक्षकहरू सल्लाहकार मण्डलमा रहेका छन्।
हाल ५० हजार ५०० रुपैयाँबाट सुरु गरिएको कोषलाई आगामी वर्षहरूमा अझै बढाउँदै लैजाने योजना रहेको मुख्य संयोजक अधिकारीले बताए। कोषमार्फत हरेक वर्ष ‘छात्रवृत्ति दिवस’का अवसरमा विद्यालयसँग समन्वय गरेर गरिब, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई नगद सहयोग गर्ने लक्ष्य राखिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |