बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, भाद्र ०२ गते ।
बागमती प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रजातन्त्रमा प्रतिशोधको राजनीति नहुने बताउनुभएको छ । धादिङमा संचार माध्यम तथा विभिन्न संघ संस्थाले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
“प्रजातन्त्रमा आजै सम्झौता गर्ने क्षमता हुनुपर्छ, प्रतिशोधको राजनीति हुँदैन,” मन्त्री अधिकारीले भन्नुभयो, “हामीले जनताको असन्तुष्टि कसरी सम्बोधन गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ ।”
उहाँले संघीय संरचनामा तीन तहका सरकारबीचको भूमिकाबारे प्रष्ट पार्दै केन्द्र सरकार नीतिगत तह, प्रदेश सरकार कार्यान्वयन गर्ने निकाय र स्थानीय सरकार प्रत्यक्ष सेवा प्रवाह गर्ने तह भएको बताउनुभयो ।
“बागमती प्रदेशमा अहिले धेरै काम हुन सकेको छैन । यसलाई अगाडि बढाएर समाजमा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्छ,” मन्त्री अधिकारीले भन्नुभयो ।
राजनीति सामाजिक मनोभावनासहित जनसेवाका लागि गर्ने हो भन्दै उहाँले आफ्नो राजनीति प्रतिशोधका लागि नभई जनताको सेवामा समर्पित हुने विश्वास दिलाउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |