नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी ६,असार । नेत्रावती डवजोङ गाउसभाको १७ औँ अधिबेशन सम्पन्न भएको छ । अधिबशेनमा अध्यक्ष मेघनाथ रिजालले प्रस्तुत गर्नु भएको आगामी बर्षको निति तथा कार्यक्रम सर्व सहमतले पास भएको छ ।
गाउँपालिकाको दुरगामी योजना अनुरुप भौतिक पूर्वाधारको मजबुत र दिगो विकासलाई प्राथमिकता दिएको छ ।
संविधानले प्रत्याभूत गरेका दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने दिशामा नीतिगत र व्यवहारिक पहल गरिने बताईएको छ । स्थानीय तहमा रोजगारी सिर्जना, उत्पादन क्षमता अभिवृद्वि र आत्मनिर्भरता हासिल गर्ने रणनीतिमा जोड निति लिएको छ । खानेपानीको पहुँच विस्तार गरी एक घर एक धारा निर्माण गनर्,े उद्यमशिलताको अभिवृद्धि गरी स्वरोजगार सृजना तथा उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गरी रोजगारी र उत्पादनमा वृद्वि गरी आर्थिक विकास गर्ने, कृषिमा व्यावसायीकरण, औद्योगिकरण गर्न सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने लक्ष्य लिएको छ ।
नेत्रावती डवजोङ गाउँपालिकाले आगामी बर्षमा बिशेष गरी सडक,शिक्षा, कृषि,स्वास्थ्य र पर्यटन प्रवर्धनमा जोड दिएको छ । आगामी बर्ष गाउँपालिकाले टुक्रे योजना कम गर्ने निति लिएको छ । कृषिमा पालिकाले बजारीकरणको लागी बिशेष पहल गर्ने भएको छ । एक घर एक टनेल कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाका भित्रका बिद्याथीहरुलाई मेरो शेयर र डिम्याट एकाउन्ट खोल्ने कार्यको थालनी गरिने भएको छ ।
अधिबेशनमा उपाध्यक्ष सितामाया चोदेनले प्रस्तुत गर्नु भएको बजेट सर्व सहमत पास गरिएको छ । उपाध्यक्ष चोदेनले ४६ करोड २७ लाख ३२ हजार २ सय ९१ रुपैयाको बजेट पेश गर्नु भएको थियो ।










निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |