नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, २८ जेठ ।
ज्वालामुखी गाउँपालिकाको आयोजनामा बालविवाहजस्तो गम्भीर सामाजिक समस्याविरुद्ध जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक सडक नाटक “छोरीको सस्तो मूल्य” प्रदर्शन गरिएको छ।
बिनोद तमु बल्लुको लेखन र निर्देशनमा तयार भएको उक्त नाटकले बालविवाहले पार्ने सामाजिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी नकारात्मक असरहरूलाई गहिरो रूपमा उजागर गरेको थियो ।
उक्त नाटक ज्वालामुखी गाउँपालिका वडा नं. १ स्थित रातमटा आधारभूत विद्यालय, पिपलटार आधारभूत विद्यालय तथा वडा नं. ५ स्थित बालादेवी आधारभूत विद्यालयमा प्रस्तुत गरिएको थियो। स्थानीय बासिन्दा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले उत्साहपूर्वक नाटकको अवलोकन गरेका थिए।
कार्यक्रममा गाउँपालिकामा उपाध्यक्ष धर्मबहादुर अर्यालले बालविवाह र मादकपदार्थ सेवनजस्ता सामाजिक कुरीतिहरू अझै पनि समुदायमा व्याप्त रहेको उल्लेख गर्दै यस्ता समस्याहरूको अन्त्य गर्न समाजकै सक्रिय सहभागिता आवश्यक भएको बताए। अध्यक्ष अर्यालले बालविवाह सामाजिक अपराध भएको र यसविरुद्ध कडाभन्दा कडा कानुनी कारबाही हुने पनि स्पष्ट पार्नुभयो।
सडक नाटकमार्फत बालविवाहको पीडादायी यथार्थ प्रस्तुत गरिँदा दर्शकहरू भावविह्वल बनेका थिए। “छोरीको सस्तो मूल्य” शीर्षकले नै बालविवाहको पीडा र विसंगतिलाई , समुदायमा बाल अधिकारप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको नाटक सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
नाटकमा बिनोद तमु, मनिष श्रेष्ठ, रवि भट्टराई, प्रतिमा अर्याल, सुशिला घिमिरे,मञ्जु विश्वकर्माले अभिनय गरेका थिए ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |