धादिङबेशी । धादिङको ज्वालामुखी गाउँपालिकामा करिब १२ करोड ३५ लाख रुपैयाँको लागतमा निर्माण हुने प्रशासनिक भवनको शिलान्यास गरिएको छ।
गाउँपालिका अध्यक्ष यमनाथ दनै, उपाध्यक्ष धर्मबहादुर अर्याल, विभिन्न वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, स्थानीय कर्मचारी र सर्वसाधारणको उपस्थितिमा बिहीबार धार्मिक विधिअनुसार पूजा–आजासहित भवनको शिलान्यास गरिएको हो।
साधभञ्ज्याङमा निर्माण हुने भवनका लागि स्थानीय २२ जनाले १६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। यद्यपि निर्माण अवधि दुई वर्ष तोकिएको भए पनि एक वर्षभित्रै भवन सम्पन्न गरी प्रयोगमा ल्याउने लक्ष्य रहेको अध्यक्ष दनैले बताउनु भयो ।
उहाँका अनुसार भवन अपांगमैत्री र अत्याधुनिक सुविधासम्पन्न हुनेछ। ज्वालामुखी गाउँपालिकाका सबै शाखा सोही भवनभित्र रहने व्यवस्था गरिनेछ।
“हाल प्रशासनिक भवन नभएकाले सेवाग्राहीहरूलाई फाइल बोकेर विभिन्न शाखा चहार्नुपर्ने अवस्था थियो,” उपाध्यक्ष अर्यालले भन्नुभयो, “नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ।”
गाउँपालिकाले हालसम्म कार्यालय भाडामा सञ्चालन गर्दै आएको थियो। भाडामा मात्र वार्षिक ३५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको र कागजातको सुरक्षामा समेत चुनौती रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश थापाले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि कुल १२ करोड ३५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। हाल ७ करोड ९९ लाख ५६ हजार रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |