धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१६ असोज ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिका–५ का महिला दिदिबहिनीहरूले ३ महिने ढाका बुनाई तालिम सम्पन्न गरेका छन्। वैकल्पिक आयआर्जनका रूपमा ढाका बुनाईलाई रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।
ग्रामीण मुखी युवा अभियान (रोयम) नेपालको आयोजनामा एइआइएन लक्जम्वर्ग र पाविल साना किसान कृषि सहकारी संस्था लिमिटेड नेत्रावती–५ को सहयोगमा सञ्चालन गरिएको तालिम, नेत्रावती डवजोङ गाउँपालिका र वडा कार्यालयको समन्वयमा मंगलबार समापन भयो।
समापन समारोहमा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै, आधारभूत तालिम लिएका महिलाहरूलाई आगामी दिनमा एड्भान्स तालिम पनि प्रदान गरिने बताउनुभयो । उहाँले रोयम नेपालको कार्यलाई सराहना गर्दै, थप तालिमले महिलाहरूलाई आयआर्जनको अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष हरि अधिकारीले पनि तालिम लिएका महिलाहरूलाई अन्य सामग्री बुनाइको तालिम प्रदान गरिने र प्रशिक्षण दिन सक्ने क्षमतामा विकास गर्न सहयोग गरिने बताउनुभयो । उहाँले महिलाहरूलाई थप तालिम आवश्यक भएमा वडा कार्यालयले सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो
रोयम नेपालका परियोजना संयोजक हरिशरण धितालले यो तालिम महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण रहेको उल्लेख गर्दै, आगामी मंसिरदेखि एड्भान्स तालिम सुरु गरिने बताउनुभयो ।
नेत्रावती डवजोङ गाउँपालिकाका ९ जना महिलाले यो तालिम लिएका छन्। उनीहरूले वैकल्पिक आयआर्जनको बाटो खुलेको र फुर्सदको समय सदुपयोग गरेर आम्दानी गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
तस्विर : नेपाल पथ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |