धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१५ असोज ।
जनस्वास्थ्य कार्यालय धादिङले विपद्को समयमा हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
असोज ११ देखि १३ गतेसम्म परेको भारी मनसुनी वर्षाका कारण समुदायमा पानीजन्य तथा कीटजन्य रोगहरूको संक्रमण बढ्न सक्ने सम्भावना रहेको भन्दै कार्यालयले विशेष सतर्कता अपाउन अनुरोध गरेको हो।
बाढी, पहिरो र डुबानका कारण देशका धेरै ठाउँको जनजीवन अस्तव्यस्त भएको छ । अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरो र डुबानका कारण खानेपानीको मुहान प्रदूषित भई पानीजन्य रोगहरू झाडापखाला, हैजा, आदिको जोखिम बढ्ने हुँदा सतर्कता अपनाउनुपर्ने जन स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
कार्यालयले संक्रमणबाट बच्नका लागि उमालेको वा फिल्टर गरेको पानी पिउन, सोडिस विधिबाट पानी शुद्धीकरण गर्न र सुरक्षित पिउने पानीको प्रयोग गर्न सल्लाह दिएको छ। साथै, घर वरिपरि पानी जम्न नदिनु र लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आह्वान गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |