Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोगआध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरणपशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

नीलकण्ठ ४ पौवामा आत्महत्या रोकथाम तथा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न

८९४ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलबार (१ साल अघि)
नीलकण्ठ ४ पौवामा आत्महत्या रोकथाम तथा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न

धादिङ,२५ भदौ ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नीलकण्ठ नगरपालिकामा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को आयोजनामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सरोकारवाला निकायहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्यहरु,वडा भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरु,सामाजिक शिक्षक,टोल सुधार समितिका अध्यक्ष,सहकारीका अध्यक्ष लगायत पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा आत्महत्याको दर बढ्दै गएकोले यस्तो सचेतना मुलक कार्यक्र सन्चालन गरीएको वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर ४ मा विगत ५ महिनामा ६ जनाले आत्महत्या गरेका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्क्षतामा सम्पन्न भएको कार्यक्रममा सामी कार्यक्रम संयोजक दिनेश दुवाडी,मनोसामाजिक परामर्शकर्ता रामकुमार थापा,वडा सदस्यहरु,विविभन्न पार्टीका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो ।

आत्महत्याका घटना बढ्दै गएको भन्दै त्यस्ता घटनाको रोकथामका लागि सचेतना फैलाउने उदेश्यले सरोकारवालाको उपस्थितमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रममा सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले आत्महत्याको वर्तमान अवस्था,जिल्ला र नगरपालिको अवस्था,आत्महत्या दुरुत्साहन सम्बन्धी कानुनी सचेतना तथा सामी कार्यक्रमले गरीरहेको कार्यको विषयमा जानकारी गराउनु भएको थियो । यसैगरी नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले मानसिक स्वास्थ्य, आत्महत्या भनेको के हो?यसको लक्षण, आत्महत्या गर्नुको कारण, रोकथामका उपाय र चुनौतीको वारेमा सहजिकरण गर्नुभएको थियो ।

उहाँले मानसिक तथा मनोसामाजिक समस्यासँगै भ्रम, लाल्छना, जनचेतनाको कमी, बेरोजगारी,बैदेशिक रोजगारी,घरेलु हिंसा,लागुपदार्थको प्रयोग लगायतको कारणले आत्महत्याका घटना बढ्दै गएको अवस्थामा आत्महत्या रोकथामको लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । साथै थापाले आत्महत्या गर्ने व्यक्तिहरुले देखाउने लक्षण,परिवार र समाजले खेल्नुपर्ने भुमिका लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।यसैगरी सहभागीहरुले यस्तो कार्यक्रमहरु विद्यालय स्तर,गाउँ स्तरमा लैजानुपर्ने बताउनु भएको थियो । यसैगरी वडा अध्यक्ष हरि बहादुर श्रेष्ठले आगामी दिनहरुमा यस्ता किसिमका कार्यक्रमहरु गाउँ स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरी आजै नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शखाको आयोजनामा स्वास्थ्य स्वयंम सेविका लगायतको उस्थितीमा अन्तररक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आत्महत्या रोकथामका लागि सचेतना जगाउन हरेक वर्ष सेम्टेम्वर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

  • आज देशभरको मौसम सफा रहने

    आज देशभरको मौसम सफा रहने

  • आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

    आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल

    सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल

  • समाचार
    आज विश्व टेलिभिजन दिवस

    आज विश्व टेलिभिजन दिवस

    आज देशभरको मौसम सफा रहने

    आज देशभरको मौसम सफा रहने

    आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

    आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

    सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल

    सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0