बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,२३ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ धादिङले सम्मान गरेको छ । आईतबार बिपी स्मृति भवन धादिङबेशीमा सामुदायिक र निजी विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
नीलकण्ठ नगरपालिका–३ स्थित किबो बोर्डिङ स्कुलकी छात्रा सिल्पा श्रेष्ठले ४ जीपीए ल्याएर जिल्लामै सर्वोत्कृष्ट भएकी छिन् । उनीसहित जिल्लाका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेविसंघ धादिङले सम्मान गरेको हो।
सम्मानित विद्यार्थीहरुलाई नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना, नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष सुदिप गौली लगायतले मेडल र प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो ।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिँदै नील्कण्ठ नगरपालिकाका मेयर ढुंगानाले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताउनुभयो ।
सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्टता हासिल गर्न विद्यार्थीलाई उहाँले सुझाव दिनुभयो । नगरपालिकाले शिक्षा लाई प्राथमिकता दिदै माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क गरेको मेयर ढुंगानाले बताउनुभयो ।
त्यसैगरी ने.वि संघ धादिङका अध्यक्ष सुदिप गौलीले विद्याथीहरुको हक हितको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । विभिन्न स्थानिय तहहरुसँग समन्वय गरेर शिक्षामा देखिएको समस्याहरुलाई समाधान गर्ने अध्यक्ष गौलीको भनाइ छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |