नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ,२० फागुन ।
ज्वालामुखी गाउँपालिकामा माटो परिक्षण शिविर संचालन भएको छ । ज्वालामुखी गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडा मकवानपुरको प्राबिधिक सहयोगमा आज देखि माटो परिक्षण शिविर संचालन भएको हो ।
शिविरमा माटोमा भएको खाध्यतत्वको अवस्था पत्ता लगाउने, माटोको भौतिक बनोट बारे जानकारी लिने, माटोमा भएको अन्य समस्या पत्ता लगाउने उद्देश्यले गाउँपालिकाको ७ वटै वडाका इच्छुक किसानहरुबाट संकलन गरीएको ३५७ वटा नमुनाको परिक्षण गरिने कृषि शाखा प्रमुख विदुर तिमल्सिनाले जानकारी दिनुभयो ।
माटो तथा मल परिक्षण प्रयोगशाला मकवानपुर हेटौडाका माटो विज्ञ लक्ष्मी दाहालसहितको ६ जनाको टोलिद्धारा माटो पक्षिण गरिएको छ । ३ दिनसम्म माटोको प्राङगरिक पदार्थ, फोसफोरस र पोटास परिक्षण गरिने माटो विज्ञ दाहालले बताउनुभयो ।
गाउँपालिकाको सबै वडाको कृषि योग्य जमिनको माटो परिक्षण गराएर माटो सुहाउँदो कृषि खेति मार्फत कृषि उत्पादनलाई बढवा दिने स्थानीय सरकारको नीति बमोजिम माटो परिक्षण सुरु गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले बताउनुभयो ।
माटो परिक्षण पश्चात कुन क्षेत्रमा कुन बाली लगाउदा उपयुक्त हुन्छ भन्ने कुरामा प्रष्ट हुने अपेक्षा लिएको उहाँको भनाइ छ । समृद्ध ज्वालामुखी बनाउनको लागि कृषिलाई व्यवसायिक ढंगबाट आगाडि बढाउनको लागि पालिकाले विभिन्न योजना बनाएर अघि बढिरहेको उपाध्यक्ष अर्यालले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |