नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, १४ पौष ।
ज्वालामुखी गाउँपालिका वडा नं ७ मा रहेको भुवनेश्वरी माध्यामिक विद्यालयको ६५ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण प्रसाद लोहनीको अध्यक्षता तथा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता र उपाध्यक्ष धर्म बहादुर अर्याल, शिक्षा शाखा प्रमुख देवकी सिंखडा, ७ नं का वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालको विषेश आतिथ्यतामा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेद भक्त इटनी, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद सिलवाल, एस.इ.इ २०७९ मा उत्कृष्ट नतिजा ल्याउने छात्रा सम्पदा इटनी र छात्र पावल तामाङ र पुर्व शिक्षक ३ जनालाई सम्मान गरिएको थियो ।
त्यसैगरी अक्षय कोष दाताहरु ६ जना, स्वच्छ खानेपानी व्यवस्थापन गरे वापत रोटरी क्लब अफ नारायणगढ, wine to water Nepal र नवनिर्मित सरस्वती मन्दिरमा गजुर र मुर्ति स्थापना गर्ने २ जना गरी १७ जनालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक राजाराम इटनीले नीलकण्ठ एफ.एमलाई जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम इटनीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |