बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, १४ पौष ।
ज्वालामुखी गाउँपालिका वडा नं ७ मा रहेको भुवनेश्वरी माध्यामिक विद्यालयको ६५ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण प्रसाद लोहनीको अध्यक्षता तथा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता र उपाध्यक्ष धर्म बहादुर अर्याल, शिक्षा शाखा प्रमुख देवकी सिंखडा, ७ नं का वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालको विषेश आतिथ्यतामा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेद भक्त इटनी, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद सिलवाल, एस.इ.इ २०७९ मा उत्कृष्ट नतिजा ल्याउने छात्रा सम्पदा इटनी र छात्र पावल तामाङ र पुर्व शिक्षक ३ जनालाई सम्मान गरिएको थियो ।
त्यसैगरी अक्षय कोष दाताहरु ६ जना, स्वच्छ खानेपानी व्यवस्थापन गरे वापत रोटरी क्लब अफ नारायणगढ, wine to water Nepal र नवनिर्मित सरस्वती मन्दिरमा गजुर र मुर्ति स्थापना गर्ने २ जना गरी १७ जनालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक राजाराम इटनीले नीलकण्ठ एफ.एमलाई जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम इटनीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |