नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२२ मंसिर
ज्वालामूखी गाउँपालिकाले लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियानको अवसरमा सचेतना कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले “लैङ्गिक हिंसा र विभेदको अन्त्यमा पुरुषको भूमिका“ विषयमा प्रत्यक वडामा सचेतना कार्यक्रम संचालन गरेको हो ।
उक्त सचेतना कार्यक्रम अन्तरगत आज वडा नं १ मा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष कृष्ण गीरीको अध्यक्षतामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लिङ्ग र लैङ्गिकता, हिंसाका प्रकृति, लैङ्गिक विभेदमा पुरुषको जिम्मेवारीका बारेमा छलफल गरिनुका साथै धादिङ जिल्लाको ३ वर्षे लैङ्गिक हिंसाको घटनाको विवरण प्रस्तुत गरिएको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख ज्ञानु कडेलले जानकारी दिनुभयो ।
महिला स्वस्यसेविका, टोल विकास संस्था, आमा समुह, महिला समुह तथा विभिन्न संघ संस्थाका प्रतिनिधहरु सहभागिता रहेको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख ज्ञानु कडेल र शान्ता श्रेष्ठ सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी भोलि वडा नं ४ मा लैङ्गिक हिंसा बिरूद्दको १६ दिने अभियान अन्तर्गत सचेतना कार्यक्रम संचालन गरिने कडेलले जानकारी दिनुभयोे ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |